पिता बन्दै आर्यन

प्रकाशित मिति:

एक समय नेपाली फिल्ममा आफ्नो दबदबा कायम गरेका चकलेटी हिरो आर्यन सिग्देल बैबाहिक जीवनमा बाँधिएको चार वर्षपछि पिता बन्ने भएका छन् । विवाह लगत्तै आफन्त, साथी(भाई र मिडियाबाट उनी जुनियर सिग्देलको आगमनको प्रश्नले हैरान हुँदै आएका थिए । अब यसबाट उनले राहत पाउने भएका छन् । विशेष स्रोतका अनुसार, आर्यन पत्नी सपना भण्डारी ७ महिनाको गर्भवती छिन् । आर्यन र सपनाको वि।सं २०७१ साल वैशाख ६ गते प्रेम विवाह भएको थियो ।

विवाह अगाडि उनीहरु करीब ४ वर्ष प्रेम सम्बन्धमा थिए । सपना, आर्यनको ‘डाइहार्ट’ फ्यान थिइन् । उनी आर्यनभन्दा ७ वर्ष कान्छी हुन् । विकासराज आचार्यको नयाँ फिल्म हजार जुनीसम्मु को छायांकनका लागि हाल सिक्किममा रहेका आर्यन केही दिनमा काठमाडौं फिर्दैछन् । यसपछि उनले साम्तेन भुटियाकोे एक कमेडी फिल्म गर्ने पक्का भइसकेको छ । यो फिल्म गर्नुभन्दा अगाडि उनी सपनासँग केही समय बेथित गर्ने तयारीमा छन् । गएको केही महिना अगाडि फिल्म कायरा को ट्रेलर रिलिज कार्यक्रममा आर्यनमाथि सन्तान कहिले प्रोड्युस गर्ने भनेर पत्रकारले प्रश्न गरेका थिए । उनले आफ्ना हरेक फिल्म सन्तान रहेको भन्दै डिप्लोम्याटिकु जवाफ फर्काएका थिए । माता(पिता बन्न लागेको कुरा स्वयं आर्यन र सपनाले भने बताएका छैनन् ।