‘भैरव’ को सिक्वेल ‘आयो भैरव’ हुने

२२ माघ २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया


एक समय एक्सन स्टार निखिल उप्रेतीका फिल्म भनेपछि हलको काउन्टरमा दर्शकको थेगिनसक्नु भीड हुन्थ्यो । हरेक फिल्म सुपरहिट हुन्थे । उनलाई लिएपछि निर्माताहरु लगानी सुरक्षित हुनेमा प्रदर्शन अगावै ढुक्क हुन्थे । तर, अहिले समय फेरिएको छ । कुनै समय उनका फिल्म भनेपछि केही नसोचि हल पुग्ने दर्शक अहिले फिल्म नहेर्दै नाक खुम्च्याउन थालेका छन् ।केही वर्षयता उनका फिल्म ुब्याक टू ब्याकु फ्लप छन् । उनले आफ्नो साख गुमाउनुको पछाडि पुरानो शैली छाडेर नयाँ शैली अपनाउन नसक्नुलाई मानिएको छ । उनी दुई(चारवटा एक्सन सिन भए फिल्म चल्छ भने सोचाइबाट मुक्त हुन अझै सकेका छैनन् । रुद्रु, पिंजडा ब्याक अगेनु र भिलेन उनी अभिनीत पछिल्ला रिलिज फिल्म हुन्, जुन असफल भए ।

अभिनेत्री सञ्चिता लुईंटेलसँग दोस्रो विवाह गरेपछि उनी ५ वर्ष काँचको पर्दाबाट हराएका थिए । आफ्नै निर्माण र निर्देशनमा बनेको फिल्म भैरवु बाट उनले ५ वर्षपछि कमब्याक गरे । वर्षौदेखि उनको एक्सन हेर्न नपाएर भोकाएका दर्शकले उनको कमब्याक सफल बनाए । तर, यसपछि प्रदर्शनमा आएका उनका कुनै फिल्म सफल भएनन् । बरु, पैसामुखी भएको आरोप मात्र खेपे । लगातार फिल्म असफल हुन थालेपछि केही संयमित भएका उनी अहिले आफ्नो धमाकेदार कमब्याक फिल्म ‘भैरव’ को सिक्वेलको तयारीमा छन् ।

निखिल आफैं फिल्मको कथा लेखिरहेका छन् । उनी स्वयंको निर्माण र निर्देशनमा बन्ने फिल्ममा चलेका कलाकारहरुको अभिनय रहने खबर प्राप्त छ । तर, उनी बाहेक अरु कलाकार भने फाइनल भएका छैनन् । फिल्मको नाम ‘भैरव २’ राख्ने तयारी भएता पनि अब ‘आयो भैरव’ हुने भएको छ । फिल्मले राजधानीभित्रको क्राइम बोल्ने बताइएको छ । २ करोडको लागतमा निर्माण हुने फिल्ममा निखिलले आफूलाई निर्देशनमा साथ दिन साउथ फिल्मबाट एक निर्देशक झिकाउँदैछन् । विशेष स्रोतका अनुसार, निखिलले फिल्मका लागि अहिले अभिनेता सौगात मल्लसँग कुरा गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बैमानी छौकी छैनौ बाइ” लामो समयपछि सार्वजनिक
  • शितगंगामा बाबू द्धारा छोरी हत्या
  • स्याङ्जाको धार्मिक स्थल प्रबर्द्धन गर्न भजन ( भिडियोसहित )
  • वामदेव गौतमले भने : जसले अध्यक्ष दिन्छ त्यतै जान्छु
  • गरिबीको अन्त्य गर्नु नै मुख्य काम : नगरप्रमुख अधिकारी
  • जीवन रक्षका लागि सहयोग गर्न अपिल
  • औद्योगिक विकासका लागि रुपन्देही उद्योग संघ र शुद्धोधन गाउँपालिकाबीच अन्तक्र्रिया…
  • महिला स्वास्थ्य स्वयमसेबिकाहरुलाइ प्रोत्साहन स्वरुप साइकल बितरण
  • अग्रज पत्रकार भट्टराईकाे नेतृत्वमा गठन भयाे रुपन्देहीमा प्रचार समिति
  • प्रधानमन्त्री ओलीद्वारा नेपालकै दोस्रो लामो पुलको उद्घाटन