पश्चिममा पानी पर्ने सम्भावना

प्रकाशित मिति:

काठमाण्डौ – उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम आशिंक बद्ली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मंगलबार दिउँसो पनि देशभरको मौसम सामान्यदेखि आशिंक बद्लीकै अवस्था रहने महाशाखाका मौसमविद्ले बताएका छन् ।

दिउँसो एकछिन घाम लागेजस्तो भए पनि फेरि बद्ली भइहाल्ने मौसमविद् राजु प्रधानाङगले जानकारी दिनुभयो । मौसमविद प्रधानाङ्गका अनुसार मंगलबार बेलुका पश्चिमका केही भूभागमा हल्का पानी पर्ने सम्भावना पनि रहेको छ ।