प्रदेश २ मा आज सार्वजनिक बिदा

प्रकाशित मिति:

धनुषा – प्रदेश २ सरकारले सोनाम ल्होसारको अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको छ । सरकारले सोनाम ल्होसार मनाउन मंगलबार प्रदेश २ मा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्रालयले जनाएको छ ।प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव पुरुषोत्तम खतिवडाले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेश २ सरकारले ल्होसार पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।

यस अघि गएको शनिबार पर्सामा एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले सोनाम ल्होसारमा बिदा दिने घोषणा गर्नुभएको थियो । संघीय सरकारले सोनाम ल्होसारको बिदा कटौती गरे पनि प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।यसअघि सोनाम ल्होसारका अवसरमा मंगलबार प्रदेश ३ को सरकारले पनि सार्वजनिक बिदा दिएको छ ।