देविनगर हात्तिसुढ बस्तीमा २ सय ३० मिटर लम्वाई सडकको नाली निर्माण र कालोपत्रे

८ श्रावण २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया


झण्डै २० लाखको लागतमा बुटवल उपमहानगरपालिका ११ देविनगर हात्तिसुढ बस्तीमा २ सय ३० मिटर लम्वाई सडकको नाली र कालोपत्रे गरिएको छ । निर्माण सम्पन्न भएको हप्ता दिन पछि कालोपत्रे सडकको मंगलवार बुटवल उपमहानगरपालिका ११ का वडा सदस्य माया दर्नालले उद्घाटन गरिन । सो अवसरमा उनले बस्तीलाई हरियाली बनाउदै वातावरण संरक्षणमा जोड दिनु पर्ने बताईन । विकास निर्माणमा स्थानीयसंग सहकार्य गरिरहेको बताउदै उनले भौतिक संरचनामात्र विकासको मापन नहुने बताईन । उनले भनिन– स्थानियमा सचेतना,नेतृत्व, क्षमता विकासको लागि पनि प्रयास गर्नुपर्छ ।’

हात्तिसुढ तिनाउ उपभोक्ता समितिका अध्यक्ष तेज बहादुर केसीले सडकको आयव्यय प्रतिवेदन प्रस्तुत गर्दे नगरपालिकासंग गरिएको सम्झौता भन्दा ५१ हजार रुपैया बढि खर्च भएको बताए ।

बुटवल उपमहानगरपालिका नगर कार्यपालिका कार्यालयको १६ लाख ५८ हजार ६ सय २८ रुपैया ३९ पैसा र उपभोक्ताको ३ लाख रुपैया लागत गरी कुल १९ लाख ५८ हजार ६ सय २८ रुपैया ३९ पैसामा सम्झौता भएको उनले जानकारी दिए ।

अनुगमन समितिको संयोजक तथा सामुदायिक भवन तथा दुर्गामन्दिर निर्माण समितिका अध्यक्ष राजु रसाईलीले हात्तिसुढ वस्तीको विकासमा नगरपालिकाको यथेष्ट सहयोग आवश्यक भएको बताए ।

कार्यक्रमम हात्ति सुढ टोल विकास संस्थाका अध्यक्ष रोल बहादुर राना, आमा समूहको अध्यक्ष माया शर्मा लगायतले जनप्रतिनिधिहरु बडावासीको अभिभावक भएको बताउदै जनचेतना मुलक कार्यक्रमका साथै विकास निर्माणमा अझै वढि सहयोगको अपेक्षा गरेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया