शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बिच संझौता

प्रकाशित मिति:

बुटवल ।बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बिच पशुधन बिमा तथा लघु वित्त तथा विपन्न बर्ग कर्जाको कर्जा सुरक्षण सम्वन्धी संझौतामा हस्ताक्षर भएको छ ।

संझौता पश्चात शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकवाट कर्जा लिई खरिद गरेको पशुहरुको कर्जा सुरक्षण कोषवाट बिमा हुनेछ भने बैंकले प्रवाह गरेको रु। १० लाखसम्मको लघु वित्त तथा विपन्न बर्ग कर्जाको समेत सुरक्षण हुनेछ । यस बैंकवाट कर्जा लिइ खरिद गरेको पशुको मृत्यु भएमा वा त्यस्तो पशु अनुत्पादक भएमा सम्वन्धीत पशुधनीले कोषवाट क्षतिपुर्ति पाउनेछन् । गाई, भैंसी, बाख्रा, बंगुरको विमा वापत लाग्ने शुल्क मध्ये ७५ प्रतिशत नेपाल सरकारले र बांकी २५ प्रतिशतमात्र व्यवसायीले व्यर्होनु पर्ने हुंदा उद्यमीलाई न्यूनतम शुल्कको भार पर्ने र जोखिम समेत न्यूनीकरण हुने हुंदा उद्यमीहरु पूर्णरुपमा लाभान्वित हुने बैंकले जनाएको छ ।

चुक्ता पूँजी १ अर्व ६२ करोड रहेको बैंकले हाल १६ अर्व १० करोड निक्षेप संकलन गरी १४ अर्व ५२ करोड कर्जा प्रवाह गरेको छ भने ३९ वटा शाखा कार्यालयहरुवाट बैंकिङ्ग कारोवार गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताउनुभयो ।