महेश भट्टले जिते न्यूज ओके बिश्वकप क्विज प्रतियोगिताको बम्पर पुरस्कार

८ श्रावण २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
2 Shares


न्यूज ओके साप्ताहिक पत्रिका, एक्सन पोलिमरको उत्पादन मिलानो फुटवेयर र सिद्धार्थ सिमेन्ट उद्योगको संयुक्त सहकार्यमा आयोजित विश्वकप फुटबल प्रतियोगिता बिश्वकप क्विज प्रतियोगिताको बम्पर पुरस्कार भैरहवा अञ्चलपुरका महेश भट्टले जितेका छन् ।

भट्टले ३२ ईन्चको एलईडी एचडि टिभी प्राप्त गरेका छन् । यस पटकको बिश्वकप बिजेता को बन्नेछ भन्ने प्रश्नको सही जवाफमा फ्रान्स लेखि पठाउने एक सय २२ जनामध्ये गोलाप्रथामार्फत् उनी पुरस्कृत भएका हुन् ।

गोलाप्रथामा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा एक्सन पोलिमर्श र सिद्धार्थ सिमेन्टका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवाल र सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिब नेत्रप्रसाद आचार्यले चिठ्ठा थुतेका थिए । बम्पर पुरस्कार बिजेता भट्ट हाल भारत भ्रमणमा रहेकाले उनको अनुपस्थितीमा उक्त टिभी पुरस्कार संघका महासचिब आचार्यलाई अग्रवालले हस्तान्तरण गरे ।

बम्पर पुरस्कारका लागी जम्मा १ हजार २ सय जना सहभागी थिए । त्यसमध्ये अधिकांशको जवाफ अर्जेन्टिना, ब्राजिल, ईंग्ल्याण्ड, जर्मन थियो । अन्तिम आठको खेल सकिएपछि धेरैको जवाफ क्रोएशिया थियो भने १२२ जनाले फ्रान्स लेखेका थिए ।

त्यस्तै सोहि अबसरमा न्यूज ओके र एक्सन पोलिमरको उत्पादन मिलानो फुटबवेयरको सहकार्यमा बिश्वकप फुटबल अबधी भरका लागी भएको साप्ताहिक क्विजका बिजेताहरुलाई पनि पुरस्कृत गरिएको थियो । साप्ताहिक रुपमा पाँच हप्तासम्म बिश्वकप फुटबल सम्बन्धी प्रश्न सोधिएको थियो । प्रत्येक हप्ता ६ जनाका दरले ३० जना विजेता भएका थिए । उनीहरुलाई मिलानो सुजको तर्फबाट एकएक जोर जुत्ता तथा चप्पल प्रदान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…