वार्षिकाेत्सवमा टेलिकमकाे अफरै अफर

प्रकाशित मिति:

काठमाडाै‍ – नेपाल टेलिकमले १५ औं वार्षिक उत्सवकाे अवसरमा ग्राहकमुखी विभिन्न अफर सार्वजनिक गरेको छ। टेलिकम प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीले बार्षिक उत्सव समारोहमा अफरहरुकाे घोषणा गरेको हुन।
टेलिकमले माघ २२ गते देखि फागुन २२ गतेसम्म एनटी मोबाइल एप डाउनलोड तथा रजिष्ट्रेसनमा निशुल्क १ सय एमबी डाटा उपलब्ध गराउने भएकाे छ।

जिएसएम पोस्टपेड ग्राहकका लागि ९ सय रुपैयाँको प्याकेजमा प्रतिमहिना २ जिबी डाटा,  ५ सय रुपैयाँको फ्रि रिसोर्स उपलब्ध गराउँदै आएकामा अबदेखि प्रति महिना डाटा ३.३ जीबी र  ५ सयकै फ्रि रिर्सास उपलब्ध गराउने भएकाे छ।

यसैगरी, माघ २३ गतेदेखि फागुन ८ गतेसम्म नयाँ जिएसएम पोस्टपेड मोबाइल  सेवा रजिष्ट्रेसन गर्ने ग्राहकले तीन महिनासम्म प्रति महिना अल टाइम डाटा एक जीबी र एक सय मिनेटको भ्वाइस सेवा बोनस पाउने भएका छन।
साथै पर्यटक प्याकेज अन्तर्गत पाँच सय रुपैयाँमा ५ जीबी डाटा र एनटी नेटर्वकमा ५० मिनेट भ्वाइस सेवा तथा ५० वटा एसएमएस र  १ सय रुपैयाँको अन्तर्राष्ट्रिय कलसमेत गर्ने सक्ने फ्रि रिर्सास उपलब्ध गराइएको अधिकारीले बताए।

साथै १ हजार रुपैयाँमा १० जीबी डाटा,एनटी नेटर्वकमा १ सय मिनेट भ्वाइस सेवा  र १०० वटा एसएमएस र  २ सय रुपैयाँको अन्तर्राष्ट्रिय कलसमेत उपलब्ध हुनेछ। यसैगरी माघ २२ गतेदेखि ९० दिनसम्मका लागि दैनिक, साप्ताहिक तथा मासिक  चाइना कल प्याकेज अन्तर्गत क्रमश  ३५ रुपैयाँमा १० मिनेट, एक सय ५० रुपैयाँमा ४५ मिनेट र ५ सयमा एक सय ६५ मिनेट कल सेवा उपलब्ध गराइने टेलिकमले जनाएको छ।

२०७४ असार मसान्तसम्मको टेलिफोन बक्यौता बाँकी रहेको सर्वसाधरणले २०७६ असार मसान्तसम्ममा बक्यौता चुक्ता गरेका  सबै जरिवाना छुट दिने समेत अधिकारीले घोषण गरेका छन। साथै एक वर्षदेखि एडिएसएल सेवा लिइरहेको ग्राहकले तीन महिनासम्मको एकमुष्ट प्याकेज  खरिद गर्ने ग्राहकलाई एफडी पिएस सीपीसमेत निशुल्क उपलब्ध गराउने टेलिकमले जनाएको छ। यो योजना तीन महिनासम्म लागू हुनेछ।

नेत्रहीन संघको सिफारिसमा नेत्रहीन व्यक्तिहरुबाट प्रयोग हुने जिएसएम तथा सिडिएम मोबाइल सेवामा ५० रुपैयाँ, २०० सय रुपैयाँ र  ३ सयको कल टाइम टाडा खरिदमा शत प्रतिशत बोनस तथा २ सयको अलटाइम भ्वाइस प्याकेज खरिदमा समेत ५० प्रतिशत बोनस अधिकारीले बताए। यो योजना ९० दिनसम्म लागू हुनेछ।
साथै एमबोस मेसिनबाट कम्पनीको सेवाहरुमा रमक भुक्तानी गर्दा ५ प्रतिशतका दरले ग्राहकहरुलाई बोनस उपलब्ध गराउने टेलिकमले जनाएको छ।  यो योजना ६ महिनासम्म लागू हुने जनाइएकाे छ।