कृष्णनगर भन्सारमा ६ अर्व बढी राजस्वक संकलन

प्रकाशित मिति:

दिपा महत
कपिलवस्तु ८ साउन। कृष्णनगर भन्सार कार्यालयले तोकिएको लक्ष्यको १ सय ५३ प्रतिशत बढी राजस्व उठाउदै पहिलो पटक ६ अर्व बढी राजस्वक संकलन गरेको छ । आर्थिक बर्ष ०७४ ÷०७५ मा कुल ६ अर्व ३१ करोड १८ लाख ८२ हजार राजस्व संकलन भएको छ ।

गत बर्ष ४ अर्व १३ करोडको लक्ष्य तोकिएको थियो । २०७३÷७४ मा २ अर्ब ३७ करोड लक्ष्य तोकिएकोमा ३ अर्ब १ करोड राजश्व असुली भएको कार्यालयका भंसार अधिकृत नरेन्द्र चौधरीले बताउनुभएको छ । उहाका अनुसार भन्सार कार्यालयमा ६ अर्वको आकँडा पार भएको यो पहिलो पटक हो ।

सबै भदा बढी जेठमा ५ करोड र असारमा ६१ करोड राजस्व संकलन भएका छन । भन्सार महसुल ३ अर्व ८ करोड १३ लाख ६५ हजार, मूल्य अभिबृद्धि कर तर्फ २ अर्व २८ करोड २१ लाख ७३ हजार तथा अन्त शुल्क तर्फ ४८ करोड ३४ लाख उठेका छ ।

जिल्लाको भन्सारमा पहिलो पटक ६ अर्व बढी राजस्व संकलन भएकोमा खुशी ब्यक्त गर्दै भन्सार प्रमुख पुन्य बिक्रम खडकाले यथार्थपरक बर्गीकरण र मुल्यांकनले लक्ष्यको तुलनामा बढी राजस्व संकलन गर्न सफल भएको बताउनुभयो । चोरी पैठारी हुने नाकाहरु, फर्म क्षेत्रको निग्रानी तथा नियमित गस्ती बढाईएकाले त्यसको परिणाम देखिएको उहाको भनाई छ ।

भारतीय समकक्षीहरुसंग समेत समन्वय समेत गरिएको उहाले बताउनुभयो । मुल भन्सार कार्यालय सहीत कृष्णनगर भंसार सहित थप ५ छोटी भंसार सञ्चालनमा रहेका छन । सरकारले छोटी भन्सार नाका सुठौलीलाई स्त्तोन्नती गरे पछि भन्सार असुलीमा समेत बृद्धि भएको छ ।

सुठौली, चाकलचौडा, भिल्मी, हरिहरपुर र कृष्णनगरको पुरानो गेटको भंसार सञ्चालनमा छन । भंसार नाकाबाट सिमेन्टका कच्चा पदार्थ (क्लिङ्कर, खरानी, जिप्सम, आईरन डस्ट र बक्ससाईट) को आयातबाट सबै भन्दा बढी राजस्व उठेको छ ।

यस्तै पेट्रोलियम कोक, माल्ट जर्दा खैनी कोईला, चामल र कनिका, गहु, खसीबोका, भेनियर सिट, फलफुल र तरकारी, कपडा, जुत्ताचप्पल र औधोगिक मेसिनरीका पाटपुर्जा आयातबाट राजस्वक संकलन भएको छ ।

गत आवको अबधीमा बेरुजु शुन्य बनाईनुका साथै चालु आवका २ सय ७३ थान मुद्दा फछौट गरिएको प्रमुख खडकाले बताउनुभयो । जसबाट भन्सारमा १ कराड ९६ लाख ८७ हजार ९६६ राजस्व उठको छ ।

एक बर्ष देखि देखि भन्सारलाई सुचना र प्रबिधिमत्री बनाउन आशीकुडावर्ड प्रणाली लागु गरिएकाले त्यसले पनि भन्सार असुरीमा सकारात्मक असर देखिएको भन्सार कर्मचारी बताउछन ।

नेपालको सिमानाबाट सबैभन्दा नजिकको ब्रोडगेज लाईन भएको भारतिय रेलवे स्टेसन भएकाले पनि यो नाकाबाट आउने दिनहरुमा बढी राजस्व संकलन हुने देखिएको प्रमुख खडकाले बताउनुभयो । एक महिना अघि सरकारले स्त्तोन्नती गरिएको सुठौली भन्सारबाट गत आर्थिक बर्ष २५ करोड ५३ लाख ५७ हजार राजस्व संकलन भएको थियो ।