संसदमा गगनको प्रश्न : सरकारबाट क्यानको विवाद मिलाउन के भैरहेको छ ?

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन थापाले ‘नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन फुकुवाबारे प्रश्न दताए गराएका छन् । उनले प्रतिनिधिसभामा ‘क्यानको निलम्बन कहिले हट्छ ?’ भन्दै प्रश्न दर्ता गराएका हुन् । थापाले नेपाल क्रिकेट संघको निलम्बरबारे मौखिक प्रश्न राखेका हुन् । खेलकुदसम्बन्धी प्रश्न भएकाले अब उनको प्रश्नमा खेलकुद मन्त्री जगत विश्वकर्माले संसदमा जवाफ दिनुपर्छ ।

थापाले संसद सचिवालयमा दर्ता गराएको प्रश्नमा सोधिएको छ, ‘सरकारी तवरबाट क्यानको विवाद मिलाउन के भैरहेको छ ?’ थापाले नेपालले एकदिवसीय मान्यता प्राप्त गरेको अवस्थामा क्यानको विवाद मिलाउन नसके अवसर गुम्ने उल्लेख गरेका छन् ।

‘विवाद नसुल्झिने हो र नेपाललाई आइसीसीले निलम्बनमै राखिरहने हो भने नेपालले पाएको यो मौका खेर जाने निश्चित छ’, थापाले दर्ता गराएको प्रश्नमा भनिएको छ, ‘यही विवादका कारणले सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरू निराश भएको अवस्था रहेको छ । यस विषयमा माननीय मन्त्रीज्यूको धारणा के हो ?’