सलमान र कट्रिनाको नयां चलचित्र आउंदै

प्रकाशित मिति:

भारतीय अभिनेता सलमान खानले अभिनय गरेको ‘भारत’ फिल्म आउने भएको छ । केही दिनमा शुटिङ शुरु हुने यो फिल्ममा कट्रिना कैफ मुख्य नायिका रहनेछिन् । फिल्म शुटिङ हुनुभन्दा पहिला नै भाइरल भएको फोटोमा सलमान र कट्रिना विवाहको पहिरनमा देखिएका छन् । यसैबीच यो फिल्मबारे केही गीतमा सलमान र कट्रिना एकसाथ देखिनेछन् ।‘भारत’को टीजर धेरैले मन पराएका छन् । फिल्मको निर्देशन अली अब्बास नफरले गरेका थिए । यो फिल्मका निर्माता अतुल अग्निहोत्री हुन् । भारतमा सलमान खान र कट्रिनाका साथै ज्याकी श्राफ, सुनील ग्रोवर र दिशा पाटनी पनि देखिनेछन् । यो फिल्म २०१९ को इदको मौकामा सार्वजनिक गरिनेछ ।