निर्माण व्यवसायि संघ म्याग्दीको अध्यक्षमा नारायण जिसी निर्वाचित

प्रकाशित मिति:

निर्माण व्यवसायि संघ म्याग्दीको अध्यक्षमा नारायण जिसी निर्वाचित हुनुभएको छ । आईतवार बेनीमा सम्पन्न संघको १८ औँ बाािर्षक साधारण सभा तथा दशौँ अधिबेशनबाट निवर्तमान अध्यक्ष समेत रहनुभएका जिसीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो ।अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा विपिन खड्का, उपाध्यक्षमा मनोज कुमार घर्ति, तम बहादुर चोचाङ्गी, महासचिबमा अमृत कुमार श्रेष्ठ, सचिबमा निदेश खत्री र कोषाध्यक्षमा प्रकाश बानियाँ चयन हुनुभएको हो । अधिबेशनबाट खुला सदस्य पदमा नारायण कुमार बराल, कुशल घर्ति क्षेत्री, निरज भण्डारी, श्याम सुन्दर कँडेल चयन हुनुभएको छ ।

त्यसैगरि बेनी नगरपालिकाबाट कुशल प्रसाद पौडेल, रघुगंगाबाट पवनकुमार मल्ल, अन्नपूर्णबाट कृष्ण बहादुर बरुवाल, मंगलाबाट महेन्द्र कुमार आचार्य, मालिकाबाट गोपाल पौडेल र धौलागिरीबाट रेशम पुन सदस्यमा निर्वाचित हुनुभएको छ । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष जिसीले आफ्नो तिन बर्षे कार्यकालमा जिल्लामा रहेका सबै निर्माण व्यवसायिहरुसंग सहकार्य गर्ने बताउँदै व्यवसायिलाई टिक्ने र विकास निर्माण योजनाहरुलाई टिकाउ बनाउनतर्फ जोड दिने प्रतिबद्धता जनाउनुभयो । उहाँले कार्य समितिबाट बाहिर रहेका व्यवसायिहरुलाई समेत एकताबद्ध गरि अघि बढ्ने बताउनुभयो । कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त ठहरबहादुर भण्डारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा बोल्दै क्षेत्रीय निर्माण व्यवसायी संघका उपाध्यक्ष एकेन्द्र रावल, संघका पूर्व अध्यक्ष नेत्र महतले संघभित्र देखिएको अन्यौलता अधिबेशनले अन्त्य गरेको बताउँदै व्यवसायिहरुबिचमा एकताबद्ध र सहकार्य गरि अघि बढ्न सुझाब दिनुभयो । गत माघ ५ गते उद्घाटन भएको अधिबेशनको शनिवारदेखि मात्रै निर्वाचन प्रकृया सुरु भएको थियो । निर्वाचित पदाधिकारीको नामावली घोषणा कार्यक्रमको सहजीकरण निर्वाचत समितिका सदस्य सुरज केसीले गर्नुभएको थियो ।