खेलाडी सम्मानमा सरकारले जनही ५ लाख दिने निर्णय

प्रकाशित मिति:

युएईसँगको ३ एक दिवसीय र ३ टी–२० सिरिज जितेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सरकारले जनही ५–५ लाख नगद सहित सम्मान गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो पकट एक दिवसीय र टी–२० सिरिज जित्दै स्वदेश फर्किएको टोलीलाई सम्मान गर्ने निर्णय गरेको मन्त्रिपरिषद् बैठकमा सहभागी सरकारका एक मन्त्रीले बताए। यता राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले पनि यो प्रस्ताव मन्त्रिपरिषद्बाट स्विकृत भएको जानकारी दिए। ‘दुवै सिरिज जितेर स्वदेश फर्किएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा हिजो बसेको मन्त्रिपरिषद्को बैठकले जनही ५–५ लाख सहित सम्मान गर्ने निर्णय भएको हो,’ उनले नागरिकसित भने। विष्टका अनुसार सरकारले घोषणा गरेको पुरस्कार रकम राष्ट्रपति वा प्रधानमन्त्रीको उपस्थितिमा चाडैं प्रदान गरिनेछ। उनले थपे, ‘खेलाडीहरू अहिले धनगढी प्रिमियर लिग ९डीपीएल० को तयारीमा लागिसकेकाले समय मिलाएर जतिसक्दो चाडो घोषणा गरिएको रकम उपलब्ध प्रदान गर्छौं।’