विपी विचार राष्ट्रिय समाज रुपन्देहीको वैठक सम्पन्न

प्रकाशित मिति:

बुटवल । विपी विचार राष्ट्रिय समाज रुपन्देहीको प्रथम अधिवेशन पछीको चौथो वैठक शरद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको छ । वैठकले जिल्ला कार्यसमितीकोे सदस्यमा खिम खनाल लाई मनोनीत समेत गरेको छ । त्यस्तै रुपन्देहीका १६ वटैै स्थानीय तहमा समाजको सन्जाल विस्तार गर्ने निर्णय पनि भएको छ । समिती विस्तारको लागि सचीवालय लाई जिम्मा दिईएको छ । त्यस्तै,मंसीर १५ गते गजेडीमा भएको स्वास्थ्य शिवीरका संयोजक उपसभापती शारदा गौतम र सदस्यहरु गुरु पराजुली ,चित्र तुलाचन लाई धन्यवाद ज्ञपान गर्ने निर्णय बैठकमा भएको छ । मणिग्राममा भएको विचार गोष्ठीका संयोजक भाग्यवहादुर काउचा, सदस्य राजु रोकाया र कल्याण पौडेल लाई पनि धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । त्यस्तै आर्थिक संकलनका लागी सबर मियाको संयोजकत्वमा ३ सदस्यीय समिती निर्माण गर्ने निर्णय गरेकोे छ । जसको सदस्यमा खिमानन्द खनाल ,चन्द्रमान चौधरी रहनु भएको छ । त्यस्तै साधारण सदस्यको व्यवस्थापनको लागी सह सचीव नेत्र भटराई लाई जिम्मा दिईएको छ । वैठकमा सल्लाहकार विष्णु पोखरेलले समाजले अहिले सम्म निकै राम्रो काम गरीरहेको र अवका दिनमा पनि रचनात्मक काम गर्दै जाने विश्वास लिनु भयो । त्यस्तै बैठकमा प्रेस सल्लाहकार विक्रम खड्काले पनि भनाई राख्नु भएको थियो ।