संस्कृत शिक्षाको संरक्षण जरुरी भएको राष्ट्रपति भण्डारीको भनाई

२२ माघ २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
31 Shares


राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत शिक्षाको महत्त्व सधैँ उच्च भएकाले यसको संरक्षण जरुरी रहेको बताएकी छन् । देवघाटस्थित महेश सन्न्यास आश्रमको गुरुकुलको ३२ कोठे भवन र डेढ साता चल्ने महायज्ञ उद्घाटनपछि उनले यस्तो बताएकी हुन् । देवघाटको महेश सन्न्यास आश्रममा गुरुकुलमको नवनिर्मित ३२ कोठे भवन । ५ करोडको लागतमा निर्मित भवनमा प्राथमिक तहदेखि स्नातकोत्तरसम्म पढाइन्छ ।

सनातन संस्कृतिमा आधारित शिक्षा पद्धतिलाई जगेर्ना गर्दै गुरुकुलहरू सबैका लागि सुलभ बनाउनुपर्ने धारणा उनले राखिन् । ‘संस्कृत शिक्षा आजका युवाका लागि जरुरी छ,’ उनले भनिन्, ‘शिक्षामा समयानुकूल सुधारसँगै संस्कार संस्कृति जोगाइराख्न संस्कृत शिक्षाले मद्दत गर्छ ।’कार्यक्रममा आश्रमका प्रमुख रमणनन्द गिरिले धर्म अनुरागीको मद्दतले आश्रम र संस्कृत गुरुकुललाई देशकै नमुना शिक्षालय बनाउन सकेको बताए । चितवन, पूर्वी नवलपरासी र तनहुँ जिल्लामा पर्ने देवघाटको आश्रम क्षेत्र तनहुँको देवघाट गाउँपालिकामा पर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • घुस लिदै गर्दा कार्यकक्षबाटै नायब निरीक्षक पक्राउ
  • स्वास्थ्यमन्त्री अमेरिका जाँदै
  • १२ औै वाषिैकत्सवको अवसरमा सनराइज बैंकको रक्तदान कार्यक्रम
  • दुई विधेयक स्वीकृत, एक समितिमा
  • झापामा तालु नभएको बालिकाको जन्म
  • नागरिकलाई दुःखबाट मुक्त गराउन प्रधानमन्त्री ओलीका तीन उपाय
  • नागरिकता विधेयक पारित हुन नदिन सांसदहरुलाई सभापति देउवाकाे निर्देशन
  • सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट
  • विदेशमा बस्ने नेपालीहरुको मताधिकारको लागि जनसम्पर्क अमेरिकाले नेपाली राजदूतावासमा ज्ञापन…
  • सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस