दिप वोर्डिङ हाई स्कुलमा जनचेतनामुलक कार्यक्रम

प्रकाशित मिति:

बुटवल । खुसी जिवन नेपालको आयोजनामा बुटवलको दिप वोर्डिङ हाई स्कुलमा विद्यार्थी र अभिभावकहरुलाई लक्षित गरेर लागु औषध दुव्र्यशन सम्वन्धी सचेतनामुलक कार्यक्रम भएको छ ।विश्व क्यान्सर दिवशको अवसरमा मंगलवार आयोजित उक्त कार्यक्रममा वुटवल उपमहानगरपालिकाको उपमेयर गोमादेवी आचार्यले युवाहरुलार्य कुलतमा फस्नबाट वचाउने दायित्व घर परिवार र समाजको रहेको बताईन । युवापुस्ता धेरै जिज्ञासु हुने र नराम्रो काममा फस्न सक्ने हुनाले धेरै सचेत हुनु पर्नेमा जोड दिईन । उनले प्लाष्टिकजन्य वस्तुको प्रयोगले क्यान्सर लाग्न सक्ने भएकाले प्लाष्टिक प्रयोगमा निरुत्साहित गर्न पर्ने बताईन ।

कार्यक्रममा प्रहरी निरिक्षक ऋषीराम घर्तिले युवाहरु अरुको देखासिखीले दुव्र्यशनमा फस्दै गएको बताउदै अभिभावकहरु आफ्नो सन्तानले के गरिरहेको छ भन्ने वारे जानकारी पाईराख्नु पर्ने बताए । बुटवल उपमहानगरपालिका वडा नं ८ को सहयोगमा भएको कार्यक्रममा खुसी जिवन नेपालका कलाकारहरुले नाटक प्रर्दशन गरेका थिए । कार्यक्रमा विद्यार्थी र तिनका अभिभावकहरुको उल्लेखनिय उपस्थिीती रहेको संस्थाका अध्यक्ष महेन्द्र विश्वकर्माले जानकारी दिए ।