क्यासिनो स्थानान्तरण प्रकृया पर्यटन विभागले अंकुश लगायो

८ श्रावण २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
2 Shares


रविन्द्र गुप्ता ।
रुपा इन्टरनेशनलले ह्याप्पी आवर प्रालिको नामबाट भैरहवा स्थित होटल नान्समा संचालन गरेको क्यासिनो स्थानान्तरण गरी भैरहवाकै होटल निर्वाणामा सारेपछि पर्यटन विभागले त्यसलाई अंकुश लगाएको छ । एउटै लाइसेन्सबाट अवैधानिक रुपमा क्यासिनो संचालनको आरोप लागिरहेका बेला रुपाले स्थानान्तरण गरेपछि विभागले ठाउँ सारी रोक्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई निर्देशन गरेको छ ।

विभागका शाखा अधिकृत नारायणप्रसाद भट्टराईले हस्ताक्षर गरी प्रशासनलाई मिति २०७५÷०४÷०२ गते लेखेको पत्रमा होटल लाकौल र होटल नान्समा गरी दुई स्थानमा संचालित मिनी क्यासिनोको सम्बन्धमा अदालतमा मुद्धा विचाराधिन रहेकाले फैसला अनुसार हुने भए पनि क्यासिनो नियमावली २०७० को नियम ९९० को उपनियम ९४० बमोजिम जुन होटलमा क्यासिनो संचालन गर्न इजाजत दिइएको हो सोही होटलमा मात्रै संचालन गर्न पाउने कानूनी प्रावधान रहेकाले स्थानान्तरण रोक्न विभागले प्रशासनलाई निर्देशन दिएको छ ।

अदालतबाट स्टेअर्डर ल्याएर अर्कैको लाइसेन्सबाट होटल नान्समा क्यासिनो संचालन गरिरहेको रुपाले केही दिन अघि ठाउँसारी गरी निर्वाणा होटलमा लगेको थियो । जुन कानूनविपरीत भएको भन्दै विभागले नान्समै संचालन गर्ने व्यवस्था गर्न प्रशासनलाई निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले पत्र मंगलबार मात्रै प्राप्त भएकाले त्यसलाई अध्ययन गरी आवश्यक प्रत्रिया अघि बढाउने बताए ।

अर्कैको लाइसेन्सबाट क्यासिनो संचालन गरेर रोयल्टी समेत नतिरेको रुपाले अन्तशुल्क इजाजत विना मदिरा विक्रीवितरण गरेको पाइएपछि आन्तरिक राजश्व कार्यालय भैरहवाले जरिवाना समेत गरेको छ । विक्रीका लागि राखिएको मदिरा जफत गरी राजश्वले केही दिन अघि रुपालाई १५ हजार जरिवाना गरेको हो । तर उक्त जरिवाना अहिलेसम्म तिरेको छैन । अन्तशुल्क इजाजत लिन क्यासिनो संचालनको इजाजत आवश्यक पर्छ । रुपाले अर्कैको नामबाट अदालतको स्टेअर्डर लिई क्यासिनो संचालन गरेकाले पनि अन्तशुल्क इजाजत लिएको छैन भने जरिवाना समेत तिर्न आनाकानी गरिरहेको छ ।

रुपाले अन्तशुल्क ऐन २०५८ को दफा १ को व्यवस्था उल्घंन गरेको पाइएपछि सोही ऐन ९आर्थिक ऐन २०७५ को संशोधन बमोजिम० दफा १६ को उपदफा ९४० ९ख० बमोजिम १५ हजार रुपैयाँ जरिवान गरिएको हो । यस्तै इजाजत नभएको प्रमाणित भएपछि राजश्वले छापा हान्दा बरामद गरेको मदिरा समेत लिलामी गरेकोे छ । मदिरा ऐन २०३१ को १३ ९२० मा बरामद भएको मदिरा लिलामी गरी त्यसबापत आउने रकम राजश्वको खातामा दाखिला हुने व्यवस्था छ । राजश्वका अनुसार अन्तशुल्कको इजाजत लिन ७ हजार दस्तुर लाग्छ भने कारोबार गरेवापत २५ प्रतिशत आयकर बुझाउनु पर्ने हुन्छ । तर रुपाले आयकर पनि तिरेको छैन । जसले राज्यको लाखौं रुपैयाँ आयकर पनि गुमेको छ ।

अवैध क्यासिनो संचालनमा भएको यसअघि समाचार प्रकाशन भएपछि संघीय प्रहरी इकाई कार्यालय लुम्बिनीले पनि क्यासिनोमा छापा हानेको थियो । प्रहरीले छापा हान्दा नेपालीहरुलाई क्यासिनोमा इन्ट्री दिइएको पाएपछि ४ जनालाई पक्राउ गरेको थियो भने जिल्ला प्रशासनले पनि क्यासिनोको बैधानिकताबारे छानविन गरिरहेको छ । रुपाका संचालक मनोज सुवेदीले अदालतबाट स्टेअर्डर ल्याएर अवैधानिक रुपमा क्यासिनो गरिरहेका छन् । डेढ महिना अघिबाट क्यासिनोको बैधानिकता बारे छानविन गरिरहेको प्रशासनले अहिलेसम्म यथार्थ बाहिर ल्याउन नसक्दा कुनै कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन ।

२०६८ बैशाख १६ गते होटल नान्समा मिनी क्यासिनो संचालन गर्ने गरी रुपा इन्टरनेशनले ह्याप्पी आवरसँग १० वर्षे सम्झौता गरेको थियो । करिब ९ महिना क्यासिनो चलेपछि रुपाका संचालक मनोज सुवेदी र ह्याप्पी आवरका संचालक सुरेन्द्रबहादुर सिंहबीच विवाद भयो । विवादपछि क्यासिनो लाकौल होटलमा सर्यो । त्यसयता सुवेदी र सिंहले अदालतबाट स्टेअर्डर लिइ भैरहवामा छुट्टा छुट्टै अवैधानिक क्यासिनो संचालन गरिरहेका छन् । सम्बन्ध तोडिएपछि लाकौलमा संचालित ह्याप्पी आवरले राज्यलाई कर तिर्दै आएको छ भने नान्समा संचालित क्यासिनोले कर समेत तिरेको छैन । विवाद अघि सिंह र सुवेदीले रुपा इन्टरनेशनललाई खारेज गर्ने भन्दै कम्पनी रजिष्टारको कार्यालयमा पत्र समेत पठाएका छन् । अहिले रुपा खारेजी प्रक्रियामा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • राप्तीमा पहिलो बौद्ध गुम्वाको शिलान्यास
  • कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आकर्षक स्वास्थ्य केन्द्र बनाउने…
  • कोभिड १९ राहत कोषमा ४० लाख ४३ हजार संकलन
  • स्वास्थ्यकर्मीमाथी भएको आक्रमण तथा दुव्र्यवहार प्रति दुख व्यक्त
  • बिश्व बाताबरण दिवसको सन्दर्भमा कञ्चन जेसिजद्धारा बृक्षारोपण
  • पेखु ठानामा चक्लाबन्दी खेती अन्तर्गत सुन्तला, कागती रोपियो
  • कोरोना विशेष देउखुरी आईसुलेसन केन्द्र मौरिघाट स्थापना हुने
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाद्वारा नि:शुल्क शुद्व तरकारीहरु, फलफुल र…
  • मानव अधिकार निगरानी समूहद्वारा क्वारेन्टाइन अवलोकन
  • क्वारेन्टाइनहरु मापदण्ड अनुसार सञ्चालन गर्न अदालतको आदेश