एभरेष्टमा खेलकुद सप्ताह सुरु

प्रकाशित मिति:

बुटवल। बुटवल ८ सुख्खानगरस्थित एभरेष्ट इङलिस बोर्डिङ मा.वि.मा खेलकुद सप्ताह सुरु भएको छ । विद्यार्थीको चौतर्फी विकासको लागि विद्यालयले हरेक बर्ष आयोजना गर्ने कार्यक्रम अन्र्तगत सञ्चालित खेलकुद सप्ताहको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद रेश्मीले गर्नुभयो । कार्यक्रममा प्राचार्य कृष्ण न्यौपानेले विद्यार्थीको चौतर्फी विकासका लगि खेल अत्यन्तै महत्वपूर्ण रहेको र पढाईका साथसाथै विद्यार्थी खेलमा पनि निरन्तर अभ्यास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । यस्तै विद्यालयका वरिष्ठ सहायक प्राचार्य माधवप्रसाद आचार्य, सह प्राचार्य भीमसेन गौतम, माबी सम्योजक शालिकराम भण्डारी, कृष्ण चौहान लगायतले विद्यार्थीको चौतर्फी विकासको लागि खेल महत्वपूर्ण भएको बताउनुभयो ।
माघ २३ गतेसम्म हुने खेल सप्ताहमा प्रि–नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीले हाइजम्प, लङजम्प, स्लो साइकल, म्युजिकल चेयर, बिभिन्न दुरिका दौड, स्याक रेस, स्पुन रेस, बेलुन ब्लास्ट, घैटो फोड लगायतका विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै शिक्षक शिक्षिकाबीच भलिबल प्रतियोगिता, म्युजिकल चेयर र घैटो फोडजस्ता खेल पनि हुने विद्यालयले जनाएको छ । विभिन्न विधाका विजयी प्रतिभालाइ २७ गते सरस्वती पुजाका दिन पुरस्कृत गरिने विद्यालयले जनाएको छ ।