दीपमा राष्ट्रव्यापी रेडक्रस चित्रकला प्रतियोगिता

प्रकाशित मिति:

बुटवलमा आयोजित राष्ट्रव्यापी रेडक्रस चित्रकला प्रतियोगिताको उपाधि भक्तपुर जिल्ला शाखाले प्राप्त गरेको छ । नेपाल  रेडक्रस सोसाइटी केन्द्रीय जुनियर÷ युवा रेडक्रस समितिको आयोजना तथा नेपाल युवा रेडक्रस सर्कल दीप बोर्डिङको आतिथ्यमा भएको  प्रतियोगितामा भक्तपुर शाखाले नै द्धितीय स्थान, बाँके शाखाले तृतीय  र रुपन्देही शाखाले प्रोत्साहन स्थान हासिल गरेका छन् ।यसअघि भएको कार्यक्रममा प्रदेश शिक्षा निर्देशनालय प्रदेश नं ५ का निर्देशक जीत बहादुर शाहले देशभरका रेडक्रस शाखाहरुबीच समन्वय र सहकार्यका लागि प्रतियोगिता महत्वपूर्ण सावित भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका प्राध्यापक सुदर्शन प्रसाद नेपाल, शिक्षा समन्वय इकाइ रुपन्देहीका प्रमुख दिपेन्द्रपुरुष ढकाल, केन्द्रीय जुनियर युवा रेडक्रस समिति सदस्य एवम् नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदास, दीप बोर्डिङका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजू लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।नेपाल युवा रेडक्रस सर्कल दीप बोर्डिङका शिक्षक नायक अर्जुन प्रसाद पन्थको सञ्चालनमा भएको कार्यक्रममा  जिल्ला जुनियर÷ युवा रेडक्रस समितिका संयोजक अर्जुनराज उपाध्यायले कार्यक्रमको उद्देश्यबारे बताउनुभएको थियो ।

नेपाल युवा रेडक्रस सर्कल दीपका अध्यक्ष घनश्याम घिमिरेको अध्यक्षतामा भएको  कार्यक्रममा दीप बोर्डिङका प्राचार्य टीकाराम न्यौपानेले स्वागत र उपप्राचार्य सुरेन्द्र कुमार शाक्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।