अमेरिकाकाको वार्ता टोली प्योङयाङमा

प्रकाशित मिति:

एजेन्सी \ उत्तर कोरियासँग आणविक निशस्त्रिकरणको विषयमा वार्ताका लागि अमेरिकी टोलीका संयोजक प्योङयाङ पुगेका छन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको शिखर वार्ता अघि अमेरिकी टोली प्योङयाङ गएको बीबीसीले उल्लेख गरेको छ । उत्तर कोरियाको आणविक निशस्त्रिकरणको खाका तयार गर्ने उद्देश्यले स्टेफन वेगन नेतृत्वको टोलीको उद्देश्य हो । उत्तर कोरियाले आणविक उत्पादनलाई बन्द नगरेको संयुक्त राष्ट्रसंघको प्रतिवेदन सार्वजनिक भएपछि अमेरिकी टोली प्योङहाङ पुगेको हो । २०१८ को जुनमा सिंगापुरमा दुई नेताबीच वार्ता भएको थियो । जसले केही आधारभुत विश्वासको वातावरण सिर्जना गरेपनि निशस्त्रिकरणका लागी न्युन प्रयास भएका छन् । उत्तर कोरिया निशस्त्रिकरणका लागी तयार रहेपनि त्यसको प्रक्रिया बारे दुवै पक्ष अझै सहमत भएका छैनन् ।