अनेमसंघ बुटवल उपमहानगरपालिको प्रथम सम्मेलन सम्पन्न सम्मेलनद्वारा १५ सदस्यीय नया नेतृत्व चयन

प्रकाशित मिति:

बुटवल, साउन ८– अखिल नेपाल महिला संघ बुटवल उपमहानगरपालिकाको प्रथम नगर सम्मेलन नयाँनेतृत्व चयन गर्दै मंगलवार सकिएको छ । बुटवलमा आयोजित सम्मेलनले पुष्पा पौडेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।
सम्मेलनद्वारा गठित नयाँसमितिको उपाध्यक्षमा कल्पना सापकोटा, सचिवमा माया खनाल, कोषाध्यक्षमा बन्दना शर्मा, सहसचिवमा कमला खरेल रहनु भएको छ । यसैगरि सदस्यहरुमा जुना जिसी, कमला विसी, दुर्गा आचानर्य, सिता पौडेल, शान्ति सापकोता, पार्वती पौडेल, सिता केसी, जुना भण्डारी र मिना खनाल रहनु भएको छ । एक सदस्य रिक्त राखिएको जनाइएको छ ।

सम्मेलनको संघकी केन्द्रीय सचिव लक्ष्मी पौडेलले एक समारोहकावीच गर्नु भएको थियो । सो अवसरमा बोल्दै सचिव पौडेलले महिलाहरुको अधिकार संविधानमा उल्लेख गरिएको भएपनि त्यसको कार्यान्वयन पक्ष निकै कम्जोर रहेको बताउनु भयो । उहाले हाम्रो समाजमा महिलाहरुलाई हेर्ने दृष्टिकोणमा खोट रहेको धारणा राख्दै महिलामाथि गरिने सबैप्रकार भेदभावहरुको अन्त्यका लागि महिलालाई सम्पत्तिमा समान अधिकार जरुरी रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रदेश नं. ५ कि सभासद तथा अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य तारा जिसीले महिलामाथि गरिने हिंसा र अपमानपूर्ण व्यवहारलाई हन्त्य गर्न महिलाहरुनै संगठित भएर त्यसका विरुद्ध लाग्नु पर्ने धारणा राख्नु भयो । उहाले आफुले प्रदेशसभाका बैठकहरुमा महिलाहरुको विषयमा सशक्त रुपमा आवाज उठाउने गरेको तर त्यसको सुनसवाई नभएको गुनासो गर्दै महिलालाई समाजले मात्र होइन कानूनीरुपमा पनि भेदभाव गरिएको भन्दै त्यसका विरुद्ध एकजुट भएर लाग्न आग्रह गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पूर्व संसाद सन्तबहादुर नेपालीले नेपालको राजनीतिक आन्दोलनमा महिलाहरुले गौरवपूर्ण सहभागिता जनाउदै आएका छन् र परिर्वतनमा आहुती दिएका छन् तर अधिकार दिने समयमा राज्यले कन्जुस्याई गरेको बताउनु भयो । उहाले बर्तमान राज्य सत्ताबाट महिलाहरुको सही रुपमा मुक्ती हुन नसक्ने स्मरण गराउदै महिला अधिकारका लागि सबैले आवाज उठाउनु पर्ने बताउनु भयो ।

संघकी नेतृ कल्पना सापकोटाको अध्यक्षता, पुष्पा पौडेलको सञ्चालन तथा जुना जिसीको स्वागतमा भएको उद्घाटन सत्रमा अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष अनिलकिशोर घिमिरे, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका केन्द्रीय अध्यक्ष ढुण्डीराज शर्मा, राष्ट्रिय जनमोर्चा बुटव उपमहानगरपालिकाका अध्यक्ष तुल्सरिाम पौडेल, अखिल छैठौं रुपन्देहीका अध्यक्ष सरोजमान सिंह, गणेश थापा लगायत बोल्नु भएको थियो ।

सम्मेलनको उद्घाटन सत्र पश्चायत भएको बन्द सत्रले सांगठानीक तथा आर्थिक प्रतिवेदनमाथि छलफल गरि पारित गरेको थियो ।

यसैवीच संघको बुटवल उपमहानगरपालिका वडा नं. १५ को वडा भेला सम्पन्न गरि नया नेतृत्व चयन गरिएको संघले जनाएको छ । जसमा अध्यक्ष गुनकुमारी रेश्मी, सचिव पार्वती पौडेल, कोषाध्यक्ष शारदा पौडेल र सदस्यहरुमा विमला खड्का, अमृता रेग्मी, लिला पौडेल, सुन्तली पौडल रहनु भएको छ ।