जीवनमा उन्नति कसरी गर्न सकिन्छ ? हेर्नुहोस् आजको नीति वचन

प्रकाशित मिति:

जाड्यं धियो हरति सिंचति वाचि सत्यं । 
मानोन्नतिं दिशति पापमपा करोति ।। –नीति श्लोक

सच्चा बुद्धिमान व्यक्तिको संगतले अज्ञानरूपी अन्धकार नष्ट भई उन्नतिको शिखर चुम्नुका साथै पापकर्मबाट पनि बँच्न सकिन्छ ।

संगत सज्जनको नै गर्नुपर्दछ । सज्जनको संगतले जीवनमा उन्नतिको उचाइ पनि प्राप्त हुने गर्दछ । अज्ञानरूपी अन्धकारबाट पार पाउन पनि सज्जनको नै संगत अपरिहार्य रहन्छ । यसैगरी जीवनमा उन्नति चाहनेका निम्ति पनि संगत असल व्यक्तिको नै गर्नुपर्दछ । सज्जनको संतले अधर्म हुनबाट बचाउँछ । जसले जीवनमा उन्नति प्रगति पनि दिलाउन सक्छ । त्यसैले असल व्यक्तिको संगत नै उन्नतिका लागि श्रेयस्कर हुन्छ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –