बच्चालाई फन्फनी घुमाउने जोडी पक्राउ

२३ माघ २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
54 Shares


(एजेन्सी) – सडक काननुअन्तर्गत मलेसियामा दुईजना रुसी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। तिनीहरुले सडकमा आफ्नो बच्चाको खुटा समाएर फन्फनी घुमाउँदै हावामा फाल्दै गरेका थिए। प्रहरीले चार महिने छोरीलाई यस्तो दुव्र्यवहार गरेको विषयलाई लिएर यस दम्पत्तिलाई सोधपुछ गरिँदै गरेको एएफपी समाचार निकायलाई बताएको छ। केही दिन यता तिनीहरुको सो कार्यको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कारवाही अघि बढाएको स्थानीय सञ्चार माध्यमले जनाएको छ।

करिब २० वर्ष उमेरका यस जोडी दक्षिण पूर्वी एसियाको भ्रमणको क्रममा मलेसिया आइपुगेका हुन्। एकजना युजरले बच्चालाई त्यसरी दुव्र्यवहार गरिँदै गरेको ९० सेकेन्ड लामो भिडियो फेसबुकमा राखेर बच्चालाई चोटपटक लाग्न सक्ने यस्तो वाहियात काम गर्ने जोडीलाई पक्रन प्रहरीलाई अनुरोध गरेका थिए। फेसबुकमा राखिएको सो भिडियो २८ हजारपटकभन्दा धेरै हेरिएको पाइएको छ।

फेसबुकले खतरामा परेका बच्चाहरुलाई उद्धार गर्न प्रेरणादायी हुनसक्ने भएकाले यो भिडियो नहटाएको जनाएको छ। यस जोडीलाई राजधानी क्वालालम्पुरको सडकमा यस्तै तमाशा देखाइरहेको अवस्थामा प्रहरीले हिरासतमा लिएको थियो। क्वालालम्पुर प्रहरी प्रमुख माज्लान लाजिमले बच्चालाई कुनै चोटपटक नलागेको स्थानीय पत्रकारहरुलाई बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…
  • प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडियाको विश्वसनीयतासम्बन्धी सर्भेक्षण प्रतिवेदन हस्तान्तरण
  • कोरोना अपडेट : रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासीमा पनि थपिए
  • आज एकै दिन २२६ जनामा कोरोना संक्रमण पुष्टि
  • कोरोना संक्रमण वढ्दै जादा पनी भारतमा लकडाउन खोल्न सुरु