‘कमिसनखोरीबाट विकास सम्भव छैन’- भट्टराई

प्रकाशित मिति:

रामेछाप – नयाँ शक्ति पार्टी नेपालका संयोज डा। बाबुराम भट्टराईले सत्तामा पुगेर कमिसन लिनेहरूबाट देशको विकास नहुने बताएका छन्। मंगलबार रामेछापमा पार्टीको असल राजनीति र समावेशी विकासका लागि जनसंवाद कार्यक्रममा बोल्दै उनले चुनाव जितेर सत्तामा पुग्ने र कमिसनखोरीहरूबाट कमिसन लिनेहरूले देशको कुनै पनि विकास गर्न नसक्ने बताएका हुन्। उनले अहिलेका सांसदहरू चुनाव जित्ने र सत्तामा पुगेर कमिसनखोरीसँग कमिसन लिएर फेरि त्यही पैसा लिएर चुनावताका गाउँमा जाने प्रवृत्तिमा लागेको आरोपसमेत लगाए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा। भट्टराईले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने बताए। नेपालजस्तो देशमा मिश्रित प्रणालीको संसदीय व्यवस्थाबाट विकास हुन नसक्ने उनको भनाइ रहेको छ। संयोजक भट्टराईले कांग्रेस र कम्युनिस्टहरूको दिमागमा एकै ठाउँ बसेर समृद्धि देख्ने प्रवृत्तिले विकास सम्भव नभएको आरोपसमेत लगाए। चिवाभञ्ज्याङ पाँचथरदेखि झुलाघाट बैतडीसम्मको जनसंवाद यात्रामा रहेका भट्टराई मंगलबार रामेछाप आइपुगेका हुन्।