गान्धीको पुत्ला बनाएर गोली हान्ने महिला पक्राउ

२३ माघ २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
47 Shares


महात्मा गान्धीको पुत्ला बनाएर गोली हान्ने अखिल भारत हिन्दू महासभाकी राष्ट्रिय सचिव पूजा शकुन पाण्डेय र उनका श्रीमान अशोक पाण्डेयलाई भारतीय प्रहरीले गिरफ्तार गरेको छ ।उनीहरुलाई प्रहरीले उत्तर प्रदेशको नोएडाबाट मंगलबार गिरफ्तार गरेको हो ।जनवरी ३० तारिखका दिन गान्धी स्मृति दिवसका अवसरमा पूजाले एयर गनले महात्मा गान्धीको पुत्लामाथि गोली प्रहार गरेकी थिइन् । उनीसँगै उनका श्रीमान र समर्थकहरुले गान्धीका हत्यारा नाथुराम गोड्से अमर रहून भन्दै जयजकार गर्दै नाराबाजी गरेका थिए ।

घटनामा संलग्न भएको आरोपमा १२ जनाविरुद्ध उत्तर प्रदेशको अलिगढमा मुद्दा दर्ता भएको छ ।हिन्दू दक्षिणपन्थी समूहले महात्मा गान्धीको स्मृति दिवसमा नाथुराम गोड्सेको सम्मानस्वरुप सौर्य दिवसका रुपमा मनाउँदै आएको छ । हिन्दू महासभा सन् १९१५ मा मदन मोहन मालवीयले स्थापना गरेको संस्था हो ।

हिन्दू महासभाले गान्धीका हत्यारा नाथुराम गोड्सेको जयजकार गरेको यो पहिलो पटक भने होइन । महासभाका एक नेता स्वामि प्रणवानन्दले सन् २०१५ मा कर्नाटकको ६ वटा जिल्लामा नाथुराम गोड्सेको प्रतिमा बनाउने घोषणा गरेका थिए । उनले गान्धीको हत्या ‘राष्ट्रवादी’ भएको र हिन्दू राष्ट्रवादी विनायक दामोदर सवर्करको आर्शीवादसमेत भएको बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • यात्रीलाई कुरुप भन्ने विमानस्थल कर्मचारीको जागिर गयो
  • भारतमा फेला परे नयाँ प्रजातिका माछा
  • घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ
  • भारतमा हिमाचल राज्यमा घरमाथि रुख ढल्दा २ नेपालीको मृत्यु,पाँच जना…
  • पत्रकार डायलसन अधिकारीको निधन प्रती सभापति भरत कुमार शाह दुःख…
  • रोट्रयाक्ट डाउनटाउन द्वारा पर्यटन प्रबर्द्धन कार्यक्रम सम्पन्न
  • काठमाडौं प्रहरी प्रमुखलाई फेसबूकमा गाली गरेको भन्दै एक युवक पक्राउ
  • बोक्सीको आरोप लगाउँदै महिलालाई मलमूत्र खुवाइयो
  • चितवनका प्रहरी प्रमुखले भने– आन्दोनकारीमाथि सूक्ष्म निगरानी गरिरहेका छौं
  • शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश