टेलिकमको टावरले सेवा प्रवाह नगरेपछि टेलिकमको सवा २ करोड बालुवामा पानी

८ श्रावण २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया


रुपन्देहीको छिमेकी गाउँपालिका रैनादेवि छहरा गाउँपालिका वडा नं. ८ पाल्पास्थित सत्यवतीमा नेपाल टेलिकमले गरेको सवा दुई करोडको लगानी बालुवामा पानी सरह भएको छ । टेलिकमको चरम लापरवाहीको कारण सेवाग्राही सेमत सुविधाबाट बन्चित भएका छन् ।
सत्यवतीमा डेढ वर्षअघि सञ्चालनमा आएको टेलिकमको टावरले सेवा प्रवाह नगरेपछि सेवाग्राहीहरु सुविधाबाट बन्चित भएका हुन् । सेवा सुचारु गरिएपनि टावरको इक्युभमेन्ट जडानमा नेपाल टेलिकम पाल्पा र श्रेत्रीय कार्यालयले भैरहवाले लापरवाही गरेको कारण सेवा विस्तार हुन नसकेको हो । टवारमा पुरा पावरको बिटीएस जडान गर्नुपर्नेमा माईक्रो बिटीएस जडान गरिएकाले सेवा विस्तार हुन नसकेको टेलिकम पाल्पाका प्रमुख सन्तोष भण्डारीले स्वीकार गर्नुभयो । मंगलबार उहाँले भन्नुभयो, ‘टावरमा ओम्नी एन्टीना जडान गरिएको छ, जहा पुरा क्षमतामा सञ्चालन गर्न तीनवटा सेक्टर जडान गर्नुपर्ने हुन्छ, त्यो अहिले हामीसंग छैन ।’
यसबारेको जिज्ञासामा नेपाल टेलिकम क्षेत्रीय कार्यालय भैरहवाका प्रमुख ललितकुमारलाल दासले भने, ‘हामी फूल बिटीएस खोजेर तत्काल जडान गर्ने प्रयास गर्छौं, नभए केन्द्रबाट मगाएर केही ढिलो भएपनि सुधार गर्छौं ।’ टेलिकम पाल्पाले फूल विटीएसको अभावले माईक्रो बिटीएस जडान गरिएको बताएको छ ।
टेलिकमले नाम मात्रको टावर निर्माण गरेको भन्दै स्थानीयले आक्रोश ब्यक्त गरेका छन् । स्थानीय वडा नं. ८ का वडापालिका अध्यक्ष थमान रानाले भन्नुभयो, ‘यो टेलिकमको लापरवाही हो, पाँच सय मिटर वरपर पनि काम नगर्ने टावर हामीलाई आवश्यक छैन ।’
वडापालिका र गाउँपालिकाकाले समेत यसबारे कुनै पहल गर्न सकेका छैनन् । वडा अध्यक्ष रानाले गाउँपालिकालाई जानकारी भने गराएको बताउनुभयो । जिज्ञासामा रैनादेवि छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले भन्नुभयो, ‘मैले मौखिक रुपमा जानकारी गराएको हुँ, एकपटक पत्र नै लेखेर पठाउँछु ।’
यो टवार पुरा क्षमतामा सञ्चालन भए साविकका गाविसहरु सत्यवती, बल्ढेङगढी, जुठापौवा तथा अर्घाखाँची र रुपन्देहीका केही स्थानमा सेवा सुचारु हुन सक्छ ।
स्थानीयबासीले टेलिकमका कर्मचारीले कम गुणस्तरका सामान जडान गरेर भ्रष्टाचार गरेको बताएका छन् । वडा नं. ७ बल्ढेङगढीका अध्यक्ष देवेन्द्र पुनले भन्नुभयो, ‘ठूलो लगानी गरेर सेवा नदिइनु पनि भ्रष्टाचार नै हो, यसको छानविन सम्बन्धीत निकायले गर्नुपर्छ ।’
स्थानीय कुलबहादुर कार्कीले नेपाल टेलिकमको टावर निर्माण गरेर पुरा क्षमतामा सञ्चालन नहुँदा एनसेलको टावरमा समेत समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘टेलिकमको टावर नहुँदा बरु एनसेलले राम्ररी काम गरेको थियो, अहिले एनसेलमा समेत समस्या देखिएको छ ।’ पाल्पा बल्ढेङगढी समाज रुपन्देहीका अध्यक्ष डीबी कार्कीले पनि कमसल सामग्री प्रयोग गर्ने टेलिकमका कर्मचारीलाई छानविन गरि कारवाही गर्नुपर्ने उल्लेख गर्नुभयोे । यो टावरको पुरा लागत सवा दुई करोड रहेको यसअघि टेलिकम पाल्पाले बताएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • हरिनासमा आमा समुहको नवनिर्मित भवनको उद्घाटन
  • सुख्खानगर निवासी लक्ष्मी चारदिनदेखि बेपत्ता,खाेजी गरिदिन परिवारको अपिल
  • प्रधानमन्त्रि ओलीबाट देश र समाजको परिवर्तन सम्भव छैन :नेपाल
  • प्रधानमन्त्री कप क्रिकेट छनौटमा नवलपरासी र दाङ विजयी
  • पृथ्वी जयन्तीमा बुटवलमा बृहत्त र्याली हुने,राष्ट्रिय पर्वको रुपमा मनाउन आग्रह
  • मुक्तिनाथ लायन्स क्लब द्वारा विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग
  • प्रगतिनगर सामुदायिक विद्युत सहकारीको चौथो साधारण सभा सम्पन्न
  • कुंवरवर्ती र नवज्योति छात्रा भलिबलको फाइनलमा
  • प्रधानमन्त्री संघयिता विरोधी हुन् : ठाकुर
  • भारतबाट मिचिएका नेपाली भुभाग फिर्ता गर्ने प्रधानमन्त्रिको दाबी