फर्कियो ‘लभ स्टेशन’

प्रकाशित मिति:

काठमाडौं – प्रदीप खड्का अभिनित फिल्म ‘लभ स्टेशन’ २२ चैतबाट प्रदशर््नमा आउँने भएको छ । प्रस्तुतकर्ता गोविन्द शाहीले फिल्म २२ चैबाट प्रदर्शनमा ल्याउन लागेको जानकारी दिए ।अभिनेता प्रदीपले फिल्ममा ‘लिलीबिली’ अभिनेत्री जसिता गुरुङसँग रोमान्स गरेका छन् । फिल्मको एक गीत भियतनामको विभिन्न सुन्दर स्थानमा छायाँकन भएको छ ।

फिल्मको लभ सङ ‘घाम जुन नै चाहिँदैन।।।’बोलको गीत भियतनामको विभिन्न सुन्दर स्थानमा खिचिएको प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराएका छन् । गीतमा प्रदीप र अभिनेत्री जसिता गुरुङले अभिनय गरेका छन् ।भियतनामको विभिन्न निकै सुन्दर स्थानमा छायाँकन गरिएका यो गीतको भिडियो नेपाली दर्शकका लागि नयाँ र रोमाञ्चक सावित हुने विश्वास निर्माण पक्षको छ ।

यो गीतको भिडियो अगामी भ्यालेन्टाइनको अबसर पारेर २ फागुनमा रिलिज गरिने भएको छ । गीतको छायाँकन सकेर निर्माण टोली गतशुक्रबार काठमाडौ फर्किएको हो ।सांगीतिक प्रेम कथामा आधारित पारिवारिक बिषय समेत समेटिएको यो फिल्म उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।काफिया फिल्मस्को व्यानरमा काफिया शाही ९क्रिसु० र कविरबिक्रम शाही निर्माता रहेको फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतको अभिनय देख्न सकिन्छ ।आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । फिल्मको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।