नगरपालिकाले प्रत्येक वडा वडामा सचेतना अभियान सञ्चालन गर्छ: नगर उपप्रमुख वि क

प्रकाशित मिति:

अर्घाखाँची/ सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार वि।क किशोरले नगरपालिकाले प्रत्येक वडा वडामा सचेतना अभियान सञ्चालन गर्ने बताउदै महिलाहरु जागुरुक हुनुपर्ने बताउनु भएको छ । सन्धिखर्क नगरपालिका वडा न १२ ले आज आयोजना गरेको कृषक एकल महिला सशक्तिकरण कार्यक्रममा मन्तब्य राख्दै नगर उपप्रमुख वि।क ले महिला परिर्बतनका संवाहक भएको बताउदै महिलालाई राज्यले उचित आरक्षणको व्यबस्था गरी राज्यका महत्वपूर्ण निकायमा जिम्मेबारी बहन गरिसकेको बताउँदै गाँउघरमा अझै पनि केही सँस्कार सस्कृति परिवर्तन हुन नसकेको बताउदै त्यो सस्कार सस्कृतिको अन्त्यको लागि नगरपालिकाले प्रत्येक वडा टोलटोलमा सचेतना अभियान सञ्चालन गर्ने बताउँदै महिलाको लागि नगरपालिकाले आयआर्जन सीपमूलक तालिममा प्ररित गर्न नगरपालिकाले उदाउदो लक्ष्य सहित अगाडि बढेको बताउनुभएको छ|

एक फरक प्रसँगमा कुरा गदै नगर उपप्रमुख वि।क निर्वाचनमा समयमा जनतासामु गरेका विकासका योजनामा आफुहरु दतचित्त भएर लागेको बताँउदै नगरबासीले छिट्टै हराभरा सुन्दर नगरको रुपमा देख्ने गरी दीर्घकालिन लक्ष्य सहित नगरपालिका अगाडि बढेको बताउनुभएको छ यसरी कार्यक्रममा मन्तब्य राख्नेमा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत निरज पौडेल एकल महिला सञ्चालकी अध्यक्ष खगिश्वरा बस्याल पत्रकार विक्रम पाण्डे लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै गाँउघरमा अशिक्षा चेतनाको कमी गर्दा महिला हिसाका घटना बढे पनि त्यसको न्यूनिकरणको लागि अब एक हुनुको विकल्प नरहेको बताउनुभएको थियो|

कार्यक्रम कार्यबाहक वडा अध्यक्ष नारायण बस्यालको अध्यक्षता नगर उपप्रमुख वि।क प्रमुख आतिथ्यता वडा सदस्य टोमकला टोहेटाको स्वागत मन्तब्य वडा सचिब अन्नत पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा करिब १०० जना एकल महिलाको सहभागिता रहेको थियोे ।