दीप बोर्डिङमा लागू पदार्थ नियन्त्रण सचेतना

प्रकाशित मिति:

बुटवल, २३ माघ । बुटवल ८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कूलमा लागू औषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।विश्व क्यान्सर दिवशको अवसरमा बुटवल वडा नं ८ को आर्थिक सहयोग तथा खुसी जीवन नेपाल नामक संस्थासँगको सहकार्यमा कार्यक्रम गरिएकोे हो ।  कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले अहिलेका युवाहरुलाई लागू औषधबाट जोगाउनका लागि चुनौती रहेको भन्दै यसका लागि समुदायसँग सहकार्य गरिने बताउनुभयो ।  दीपका प्राचार्य टिकाराम न्यौपानेले विद्यालय स्तरबाटै सचेतना जगाउन सकेमा लागू औषधको प्रयोगबाट युवाहरुलाई जोगाउन सकिने र त्यसका लागि अभिभावकहरुले आफ्ना छोराछोरीहरुप्रति निगरानी बढाउनुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा इलाका प्रहरी कार्यलय बुटवलका प्रहरी निरिक्षक रिकीराज घर्ती मगर, करुणा चौतारी नेपाल फाउन्डेशनका परामर्शदाता अरुण थापा मगर लगायतले लागू पदार्थ सम्बन्धी रहेका कानूनी प्रावधान र रोकथामका उपायहरुका बारेमा जानकारी गराउनुभएको थियो ।  कार्यक्रममा खुसी जीवन नेपालका अध्यक्ष महेन्द्र विशवकर्माको नेतृत्वमा रहेका कलाकारहरुले लागू पदार्थ, महिलामाथि हुने विभेद, प्रजनन स्वास्थ्य, कला संस्कृति लगायतका विषयहरु समेटेर नाटकको माध्यमबाट सचेतना कार्यक्रम सञ्चालन गरेका थिए ।  कार्यक्रममा विद्यालयका शिक्षकहरु, विद्यार्थीहरु लगायत करीव २ सय जनाको सहभागिता रहेको दिनेश खड्काले जानकारी दिनुभयो ।