सरकार र डा.केसी पक्ष बिच वार्ता शुरु

प्रकाशित मिति:

८ साउन, काठमाडौं । अनसनरत डा. गोविन्द केसी र सरकार बिच बीच बार्ता वार्ता सुरु भएको छ ।

पटक पटक वार्ताको लागि तयारी गरिए पनि डा. केसीले पुर्व अख्तियारी नभएको टिमसँग वार्ता नगर्ने अडानमा थिए तथापी वार्ता टोली पुरानै भएको तर टोलीलाई थप अख्तियारी दिएको एक वार्ता टोलीका सदस्यले बताए ।यस अघि सरकारले वार्तामा जाने टोलीलाई थप म्याण्डेड दिएको थियो । आज दिनभर बिभिन्न औपचारिक अनौपचारिक छलफलबाट दुबै पक्ष केही लचिलो बन्ने सैकेत देखिएको छ ।
सिंहदरबारमा भएको छलफलमा डा। केसीको वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकमा केके संशोधन गर्नुपर्छ भनेर लिखित नै दिएको छ ।

शिक्षा मन्त्रालयमा भैरहेको वार्तामा डा. केसीको तर्फबाट जीवन क्षेत्री, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, अभिषेकराज सिंह र सुमित पाण्डे गएका छन् ।

सरकारले यसअघि नै डा. केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको थियो ।