वडा कमिटि गठन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न,

प्रकाशित मिति:

नवलपरासी \ नेपाल कम्युनिष्ट पार्टी नेकपा सरावल गाउपालिकाले थालेको वडा कमिटी अभियान अन्र्तगत बुधबार सरावल गाउपालिकाको वडा नम्बर २ को वडा कमिटि गठन तथा सपथ ग्रहण कार्यक्रम वडा नम्बर २ अत्रहटी स्थित शिवालय मदिन्र परिसरमा बुधबार सम्पन्न भएको छ । नेकपा सरावल गाउ कमिटिका अध्यक्ष लिलाधर पाण्डेको अध्यक्षता तथा पुर्व नेकपा एमाले जिल्ला सदस्य मिनराज पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि पुर्व नेकपा एमलेका क्षेत्रिय सदस्य देवराज चौधरीले शुभकामना मन्तब्य राख्नुभएको थियो । सम्पन्न कार्यक्रममा बुद्धिराम भट्राईको अध्यक्षतामा २५ सदस्यिय सरावल वडा नम्बर २ नेकपा वडा कमिटि गठन भएको छ । जसको सचिवमा टेक बहादुर हरिजन रहनुभएको छ भने सदस्यहरु राधेश्याम सुनार, खेम नारायन चापागाई, दुर्गा तिमिल्सिना, गणेश भण्डारी लगाएत रहनुभएको छ । सो अवसरमा अनेरास्ववियु नवलपरासीका जिल्ला अध्यक्ष शुसान्त शर्मा घिमिरे, युवा संघका केन्द्रिय सदस्य प्रकाश भट्राई, पुर्व नेकपा एमालेका क्षेत्रिय सदस्य भोजराज पन्थी लगाएत अतिथिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नव गठित वडा सदस्यहरुलाई सरावल गाउ कमिटिका अध्यक्ष लिलाधर पाण्डेले सपथ खुवाउनुभएको थियो । नेकपा सरावल गाउ कमिटिका सचिवालय सदस्य दामोदर देवकोटाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सराव गाउ कमिटि सचिवालय सदस्य सञ्जय मौर्यले गर्नुभएको थियो । सो अवसरमा सरावल वडा नम्बर १ र २ का नेकपा गाउ कमिटिका पदाधिकारी, वडा कमिटिका सदस्य लगाएत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । यस अघि गाउ कामटिले वडा नम्बर १ मा वडा कमिटि गठन गरिसकेको छ ।