भिमटारीमा कृषि पाठशाला गठन

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल स्याङ्जा—२३ माघ स्याङ्जाको वालिङ नगरपालिका ८ भिमटारीमा आईपिएम कृषक पाठशाला गठन रिएको छ । वालिङ नगरपालिकाको आर्थिक सहयोगमा संचालन हुने आईपिएम कृषक पठशाला वालिङ नगर उपप्रमुख कल्पना तविारीको प्रमुख आथित्यतामा गठन गरिएको हो । वालिङ नगरपालिकालाई अर्गानीक कृषि उत्पादनलाई बढवा दिने उदेश्यले यस्ता पाठशाला संचालन गर्न लागिएको उपप्रमुख तिवारीले बताईन् । किसानले उत्पादन गरेको कृषि उपजलाई बजार नपाएमा नगरपालिकाले नै जिम्मेवारी लिने बताउदै अर्गानिक कृषि उपज उत्पादनमा जोड दिन तिवारीको भनाई थियो ।  भिमटारी कृषक आईपिएम पाठशाला गठनमा आईपिएम बारे जानकारी डाँसीनारायण अर्याल, यसको प्रक्रिया कृषि सेवा केन्द्रका केशबहादुर थापा, वडा सदस्य अनन्तराज पंगेनी, सहभागी लिलादेवी रेग्मीले पाठशाला संचालनमा आएपछि कृषि उत्पादनमा चासो रहने बताएका थिए । वडा अध्यक्ष कमल सुवेदीको अध्यक्षतामा सम्पन्न गठन कार्यक्रममा नारायण रेग्मीले स्वागत तथा हुमनाथ अर्यालले संचालन गरेका थिए ।  भिमटारी आईपिएम कृषक पाठशालाको अध्यक्षमा हुमनाथ अर्याललाई चयन गरिएको छ भने उपाध्यक्षमा कल्पना कोइराला, सचिवमा लिलादेवी रेग्मी, कोषाध्यक्षमा धनप्रसाद सुवेदी चयन भएका छन् । सदस्यहरुमा चोलाकान्त अर्याल, बावुराम रेग्मी, रिमा कुमारी बस्नेत रहेका छन् । भीमटारीका सबै स्थानीयको सहभागी रहेको थियो ।