प्रभु लाइफ इन्सुरेन्सले बुटवलमा शाखा कार्यालय स्थापना

प्रकाशित मिति:

बुटवल । प्रभु लाइफ इन्सुरेन्सले बुटवलमा शाखा कार्यालय स्थापना गरेको छ । बुटवलको राजमार्ग चौराहामा स्थापना गरीएको शाखा कार्यालयको आज बिहान एक कार्यक्रमका बीच इन्सुरेन्सका अध्यक्ष डा।आत्मराम घिमिरेले उदघाटन गर्नु भयो । त्यसअवसरमा घिमिरेले बिमालाई व्यवसायका रुपमा नभई सेवाका दृष्टिले पनि उपयुक्त भएकाले प्रभु प्रतिष्ठानले बिमा क्षेत्रमा काम थालेको बताउनु भयो । १५ प्रतिशत जनता मात्रै बिमाको दायरामा रहेकाले प्रत्येक गाउ गाउमा बिमा कम्पनी पुग्न आवश्यक रहेको बताउनु भयो । अध्यक्ष घिमिरेले प्रभु प्रतिष्ठानका अन्य कम्पनीले जस्तै गुणस्तरीय र छिटो छरितो यस कम्पनीबाट पनि सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाउनु भयो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले ५ बर्ष भित्रमा देशका सबै स्थानीय तहमा कम्पनीले शाखा कार्यालय स्थापना गर्ने लक्ष्य सहित काम सुरु गरेको बताउनु भयो । उहाले कम्पनीले श्रीबृद्धि जीवन बिमा र बालबच्चा जीवन बिमा बिशेष कार्यक्रम ल्याई सकेको र केही समयमा म्यादी जीवन बिमा बिशेष कार्यक्रम ल्याउने जानकारी दिनुभयो । बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष अनिल प्रसाद श्रेष्ठले बिमा र सुरक्षालाई संगै अघि बढाउनु पर्ने बताउनु भयो । कार्यक्रममा कम्पनीका शाखा प्रमुख प्रकाश अधिकारी, बरिष्ठ अभिकर्ता शोभाखर बञ्जाडेले बिमा संगै बिमितलाई बिमाकं रकम उपलब्ध गराउन शाखाले कुनै झण्झन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।