किशोरीलाई बलात्कार गरेर फरार अभियुक्त पक्राउ

प्रकाशित मिति:

काठमाण्डौ / १६ वर्षकी किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुर जिल्लाको कैलाश गाउँपालिका ३ बस्ने २३ वर्षीय प्रविण भन्ने विष्णु प्रसाद भुजेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

२०७५ साल कात्तिक महिनाको दोस्रो हप्ता पीडित किशोरीलाई कैलाश गाउँपालिका वडा नम्बर १० मा रहेको जंगलमा लगेर जबरजस्ती करणी गरी फरार रहँदै आएका विष्णुलाई मंगलबार प्रहरीले गाउँबाटै पक्राउ गरेको हो । करणीबाट किशोरी गर्भवती भएपछि प्रहरीमा उजुरी परेको थियो ।

पक्राउ परेका विष्णुलाई जिल्ला अदालतबाट मुलुकी फौजदारी अपराध ९संहिता ऐन २०७४ को परिच्छेद १८ को करणी सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो ।