मेरी बास्सै टिम बुद्धिमानको घरमा

प्रकाशित मिति:

काठमाण्डौ / नेपाली समाज नागानो केन जापान परिवारले करेन्ट लागेर दुवै हात खुट्टा गुमाएका बुद्धिमान कुँवरको सहयोगार्थ १ लाख १६ हजार ९ सय ७० रुपैयाँ सहयोग गरेको छ ।नागानो केन जापान परिवारले जापानमा रोजगारीको सिलसिलामा गएका नेपालीहरुबाट संकलित रकम बुद्धिमानलाई मंगलबार हस्तान्तरण गरिएको हो । संस्थाका संरक्षक पदम खत्री, संस्थापक अध्यक्ष नन्दराज रेग्मी, संरक्षक सल्लाहकार रुद्र प्रसाद सिलवालको सक्रियतामा संकलित रकम मेरी बास्सैका कलाकारहरुले बुद्धिमानलाई हस्तान्तरण गरेका हुन् ।

मेरी बास्सैका कलाकार लेखान्त भुषाल ‘घिरौले’ र दिवाकर भण्डारी ‘सापटी काका’को हातबाट बुद्धिमानलाई उक्त रकम प्रदान गरिएको हो । उनको सहयोगका लागि सापटि काका र घिरौलेले नेपाली समाज नागानो केन जापानसँग सहयोगका लागि लबिङ गरेका थिए ।उक्त सहयोग रकम प्राप्त भएपछि बुद्धिमान र उनकी पत्नी पनि खुशी भएका थिए । उनीहरुले उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुका साथै अझै सहयोगको आशा राखेको बताएका छन् ।

बुद्धिमानको सहयोगका लागि हालसम्म करिब १५ लाख रुपैयाँ रकम संकलन भइसकेको सहयोग समितिका भुपेन्द्र बस्नेतले बताउनुभयो । दुई हात र एउटा खुट्टा हाल्नका लागि १ करोडभन्दा बढी रकम लाग्ने बस्नेतले बताउनुभयो ।रोजगारीको सिलसिलामा भारत गएका बाँकेका बुद्धिमानको करेन्ट लागेर दुई हात र एक खुट्टा गुमेको थियो । आर्थिक अवस्थाकमजोर भएकाकारण हालउनी सहयोगको अपिल गर्दै काठमाण्डौ आएका छन् ।