आज बिहिबार, माघ शुक्ल तृतीया

प्रकाशित मिति:

आज विक्रम संवत् २०७५ साल माघ महिनाको २४ गते बिहीबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । हेमन्त ऋतु अन्तर्गत माघ शुक्लपक्षको तृतीया तिथि अहोरात्र रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । शतभिषा नक्षत्र विहान १०.३७ बजेसम्म रहनेछ । आज परिघ योग र तैतिल करण रहेको छ । यसैगरी आज सूर्योदय ६.५० मा छ भने सूर्यास्त बेलुका ५.४७ बजे हुनेछ । चन्द्रमा आज कुम्भ राशिमा छन् । आज बिहीबार तृतीया तिथि परेको छ । आज भगवतीको उपासना शुभ रहनेछ ।