आजको दिन कस्तो छ , हेर्नुहोस् ।।

प्रकाशित मिति:

मेष राशिः प्राविधिक कार्यमा मन जानेछ, आय बढ्नुका साथै कर्मप्राप्तिको योग देखिन्छ ।

वृष राशिः मित्रसुख मिल्नेछ, धन प्राप्तिका साथै दुर्गा भगवतीको उपासना शुभ रहनेछ ।

मिथुन राशिः आकस्मिक लाभ हुनेछ, आर्थिक लाभका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।

कर्कट राशिः शारीरिक आलश्यता रहनेछ, अग्निजन्य वस्तुबाट भयका साथै कार्यमा कठिनाइ आउन सक्नेछ ।

सिंह राशिः बौद्धिक कार्यमा मन जानेछ, धन लाभका साथै सुखद् यात्राका योग देखिन्छन् ।

कन्या राशिः शत्रु पराजित हुनेछन्, मनमा उत्साह छाउनुका साथै आर्थिक उन्नतिको योग देखिन्छ ।

तुला राशिः प्रेम जीवन सुखद् रहनेछ, व्यवसायमा वृद्धिका साथै आय आर्जनका अवसर पनि प्राप्त हुनेछन् ।

वृश्चिक राशिः वित्तीय स्थिरता रहनेछ, शत्रु सबल रहनुका साथै मौसम प्रतिकूल रहनसक्ने देखिन्छ ।

धनु राशिः तर्कशक्तिको विकास हुनेछ, कार्य लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

मकर राशिः पारिवारिक सुख मिल्नेछ, धन लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

कुम्भ राशिः पराक्रम बढ्नेछ, कार्य अवसर प्राप्तिका साथै अध्ययनमा सफलता मिल्नेछ ।

मीन राशिः बोलीमा विकार रहनेछ, शत्रु हानिका साथै आर्थिक अस्थिरता पनि रहनसक्ने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला