फ्यान रिझाउने रणवीरको तरिका

प्रकाशित मिति:

बलिउड अभिनेता रणवीर सिंह आफ्नो आगामी चलचित्र गल्ली ब्वायु को प्रचारमा रहेका छन् । हाई एनर्जी भएका रणवीर स्टेजबाटै हाम फालेपछि फ्यानहरुलाई भारी परेको छ ।हालै रणवीर मुम्बइमा आयोजना गरिएको एक कार्यक्रममा पुगेका थिए । उनि त्यहाँ आफ्नो चलचित्रको प्रमोशन गर्न पुगेका हुन् । सो समय रणवीर स्टेजमा चढेसँगै तल उभिएका दर्शकमाथि हाम फाले ।रणवीरको सो जम्पका कारण तल उभिएका दर्शकलाई चोट लाग्यो । सो घटनाको सामजिक सञ्जालमा माजकको बिषय बनेको छ । सामजिक सञ्जाल प्रयोगकर्ताले रणवीरलाई लेखेका छन् ।उक्त घटना बारे भारतीय पत्रिकाले एक तस्विर छापेको छ । जसमा रणवीरले हामफालेपछि एक महिला भुइमा लडेकी छन् । वास्तवमा चलचित्र कलाकारको यस्तो कृयाकलापबाट दर्शक भने हैरान हुने गरेका छन् ।यसअघि पनि रणवीरले ुगल्ली ब्वायु को अर्को एक कार्यक्रममा यस्तै हाम फालेका थिए । रणवीरको चलचित्र ुगल्ली ब्वायु आउदो भ्यालेन्टाइन डेको अवसमा रिलिज हुदैछ । चलचित्रमा रणवीरसँगै आलिया भट्ट पनि मुख्य भूमिकामा रहेकी छन् ।