टोपराज शर्मा \बुटवल, ८ साउन । रुपन्देही कोटिहवामा जारी १८ औं लिस्नुकप नकआउट फुटबल प्रतियोगितामा रुपन्देहीको सियारी–१ डिवाईसी फुटवल क्लव क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
रुपन्देहीको सियारी–१ डिवाईसी फुटवल क्लव र फुलबारी गाइज बुटवलबीच पशुपति माविको मैदानमा मंगलबार भएको खेलमा सडेन डेथमा डिवाईसी विजयी बनेको हो ।
निर्धारीत समयमा २÷२ गोल गरी बराबरी भए पछि सडन डेथमा फुलबारी गाइजका गोलकिपर किरण क्षेत्रीको प्रहार डिवाईसीका गोलकिपर टेकेन्द्र थापाले रोकिदिएपछि डिवाईसी विजयी भएको हो ।
मंगलबारको खेलमा डिवाईसीका गोलकिपर टेकेन्द्र थापा म्यान अफ द म्याच भए । बुधबार फर्साटीकर युवा क्लव फर्साटीकर र भैरव एफ सि सिद्धार्थनगर बीच खेल हुने क्लबका सचिव मनोज क्षेत्रीले जानकारी दिए । साउन २१ गतेसम्म संचालन हुने प्रतियोगितामा भारतको मुम्बईस्थित फुटबल क्लब दादर ११,पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल सहित रुपन्देही,नवलपरासी,दाङ,स्याङजा र चितवनका गरी १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।