निशुल्क स्वास्थ्य शिवीर सम्पन्न

प्रकाशित मिति:

श्री सत्य साई सेवा संगठन नेपाल, श्री सत्य साई प्रदेश समिती प्रदेश न ५ को आयोजनामा प्रदेश न ५ का विभिन्न स्थानमा निशुल्क घुम्ती स्वास्थ्य शिविर संचालन भईरहेको छ । कार्यक्रम अन्र्तगत बुधवार रामग्राम नगरपालिकाको वाड न. ७ मा भएको शिविरमा ३०० बढीले स्वास्थ्य जांच गराई निशुल्क औषधी लिई लाभ लिएका थिए । शिविरको उद्घाटन गर्दै रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले साईबाबाको उपदेशलाई ग्रहण गर्दै वहांका अनुयायाीहरुले गरेको यस्तो पुण्यको कार्यले समाजमा पुर्याएको योगदानको प्रशंसा गनुभयो । वहांले आस्था र अनुष्ठाले सिकाएको संस्कारले युवाहरु गलत बाटोमा लाग्न बाट बंचेको प्रति पनि खुशि व्यक्त गर्नुभयो । शिवीरमा स्त्री तथा यौन रोग, नेत्र रोग, हाड जोर्नी तथा नशा रोग विशेषज्ञहरुले बिरामीको स्वास्थ्य परिक्षण गर्नुभएको थियो । उक्त शिवीर यसअघि घोडाहामा संचालन भइसकेको थियो भने भोलि शुक्रवार अम्रौत र शनिवार पोखरभिन्डीमा संचालन गरिने प्रदेश समितीका अध्यक्ष घनश्याम ज्ञवालीले जानकारी दिनुभयो ।