आज गुन्जिदै मणिग्राम , आउँदैछन चर्चित कलाकार !

प्रकाशित मिति:

बुटवल – रुपन्देहीको मणिग्राममा सप्तरङ्ग सात प्रदेश हामी सद्भाव र एक्यवद्धताका लागि म्यूजिकल जोर्नी हुने भएको छ ।  आज रुपन्देहीको मणिग्राममा मुलुकमा ख्याति कमाएका राष्ट्रिय कलाकारहरुको प्रस्तुती हुने स्थानिय ब्यबस्थापन गरेको सस्था तिलोत्तमा जेसिसका रमेश न्यौपानेले बताए । सो बृहत सास्कृतिक कार्यक्रममा गायक प्रमोद खरेल, ईन्दिरा जोशि, रामकृष्ण ढकाल, लोकगायक पशुपति शर्मा, हास्य कलाकार सन्दीप क्षेत्री, मोडल अन्जली अधिकारी, खेलाडी दिपक विष्ट लगायतका कलाकारहरुले आआफ्नो दर्जनौ प्रस्तुती देखाउने स्थानिय आयोजक तिलोत्तमा जेसिसले जानकारी गराएको हो ।

गृष्मा ब्रोडकास्टिङ्गको आयोजनामा सद्भावका लागि म्यूजिकल जोर्नि सप्तरङ्ग माघ १८ गते दमकबाट सुरु भै जनकपुर, नारायणगढ, पछि माघ २४ गते आज रुपन्देहीको मणिग्राममा हुने भएको छ । तिलोत्तमा को मणिग्राम पछि सो कार्यक्रम माघ २६ गते सुर्खेतमा, माघ २८ गते धनगढीमा र फागुन २ गते पोखरासँगै सप्तरङ्गको समापन हुने कार्यकारी प्रमुख गृहेन्द्र घिमिरेले जानकारी दिए । प्रदेशको प्रतिनिधित्व हुने गरि हुने कार्यक्रममा पाँच नम्बर प्रदेशको प्रतिनिधित्व भने नवलपरासी घर भएकी कलाकार इन्दिरा जोशिले गर्ने बताइएको छ । दर्शकलाई निशुल्क प्रवेशको ब्यबस्था मिलाइएको मणिग्रामको शान्ति माविमा हुने सो कार्यक्रमको सम्पुर्ण ब्यबस्थापन तिलोत्तमा जेसिजले गर्न लागेको अध्यक्ष जयप्रकाश भट्टराईले जानकारी दिए ।