मनाङमा वर्षासँगै हिमपात

प्रकाशित मिति:

लमजुङ – मनाङमा वर्षासँगै हिमपात भएको छ ।बुधबार साँझ ६ बजेबाट वर्षासँगै हिमपात भएको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले जानकारी दिनुभयो । ‘बुधबार साँझदेखि वर्षासँगै हिमपात भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘अहिले भने चामेमा पानी परिरहेको छ, डाँडाकाँडामा हिमपात छ ।’

हिमपातका कारण सडक अवरुद्ध हुँदा खाद्यान्न, तरकारीलगायतका अत्यावाश्यक सामान ल्याउन समस्या भएको छ ।दानाक्युसम्म सडक खुलेको भए पनि जिल्लाको अरु ठाउँमा सडक अवरुद्ध रहेको उहाँले बताउनुभयो । चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।