संघीय प्रणालीलाइ स्थापित गरेपछि मात्रै मुलुक समृद्ध बन्ने दाबि

प्रकाशित मिति:

प्रदेश ५/  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीय प्रणालीलाइ स्थापित गरेर मुलुकलाइ समृद्ध बनाउनुपर्ने बताएका छन् । बजारमा संघीयता र प्रदेश सरकार चाहिदैन भन्दै जनमोर्चा तथा केहि बुद्धीजीबीसमेत लागेकाले त्यस्ता कुराको बिश्वास र पछि नलाग्न समेत सुझाए ।संघीयता लागुभएपछि मुलुकको जिडिपिको ग्रोथरेट ६ दशमलव ५ पुगिसकेको भन्दै उनले ग्रोथरेट अझै बढ्ने समेत ठोकुवा गरे । रिपोर्टर्स क्लव प्रदेश ५ कार्यालय बुटवलको प्रथम स्थापना दिवस तथा स्मारिका बिमोचन कार्यक्रमलाइ सम्बोधन पोखरेलले संघीय प्रणालीलाइ स्थापित गरेपछि मात्रै मुलुक समृद्ध बन्ने दाबि गरे ।

प्रदेश ५ समृद्ध बन्ने र नुमना बन्नेमा आफु ढुक्क रहेको उनको भनाइ छ । प्रदेशमा एकैचोटी रुपन्देही,दाङ र बाकेमागरि तीनवटा नया औद्योगिक क्षेत्र बनाउने काम शुरु भएको पोखरेलको भनाइ छ ।नेपालले तीब्र आर्थिक बिकासलाइ थेग्न सक्दैन भन्ने इकोनोमीष्टहरुको अनुमान फेल भएको उनको भनाइ छ ।उनले यो बर्ष संक्रमणको बर्ष भएको भन्दै सरकारले फागुणबाट प्राप्त रकम बिकास निर्माणमा खर्च हुने मुख्यमन्त्रीको भनाइ छ ।

रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमलाले मुलुकको बिकास र आर्थिक सम्बृद्धिका लागि आफुहरुको पहल जारी रहेको बताए । उनले सुशासन र बिकासका लागि सञ्चार भन्ने नारासहित रिपोर्टर्स क्लवको जन्म भएको भन्दै उनले प्रदेश ५ लाइ नमुना बनाउन र सफल मुख्यमन्त्री बन्न शंकर पोखरेललाइ आग्रह गरे ।उनले देशको हितमा काम गर्न समेत सुझाब दिए ।
धमलाले क्लवलाइ साझा फोरम बनाउने प्रयास सफल भएको भन्दै सबैलाइ आभार ब्यक्त समेत गरे ।सो अबसरमा प्रदेश ५ प्रमुख प्रतिपक्षी दलका नेता बलदेब शर्मा पोखरेलले साझा बिचार बनाएर क्लवले गरिरहेका गतिबिधिको प्रशंसा गरे ।

कार्यक्रममा यसैबर्षदेखि स्थापित रिपोर्टर्स सिर्जनशील पत्रकारिता पुरस्कारबाट एभिन्युज टेलिभिजनका प्रदेश ५ ब्युरो प्रमुख दामोदर खनाललाइ प्रदान गरिएको छ । खनाललाइ दोसल्ला,प्रशंसापत्र तथा नगद १५ हजार ५ सय ५५ नगद सहित सम्मान गरिएको थियो । क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता,प्रदेश सदस्य कपिल ज्ञवालीको संचालन तथा तेजेन्द्र केसीको स्वागतमा कार्यक्रम भएको थियो । सो अबसरमा सुशासन र विकास समृद्धिका आधार नामक स्मारिकाको समेत बिमोचन गरिएको छ ।