तत्काल धन आर्जन गर्न अपनाउनुस् चामलसहितको तान्त्रिक उपाय….!!

प्रकाशित मिति:

हिन्दू धर्ममा धानचामलको विशेष महत्त्व छ । नामकरण संस्कारदेखि लिएर अन्तिम संस्कारसम्म चामलको उपयोग हुन्छ । चामलसँग सम्बन्धित केही उपाय यस्ता छन् जसले तपाईंका सबै समस्या हटाउँछन् ।

कुनै पनि शुभ मुहूर्त वा पूर्णिमाको अवसरमा बिहान छिटो उठेर नुहाइधुवाइ गरेर बेसार वा केसरले चामलका दाना रंगाउनुस् । चामलको दाना सग्लो हुनुपर्छ । त्यसपछि ती दानालाई भगवानमा समर्पित गर्नुस् । मैले चढाएको दाना स्वीकारेर मेरा कष्टहरू दूर गर्नुस् भन्दै प्रार्थना गर्नुस् ।तपाईं जागिर खोज्दै हुनुहुन्छ वा तपाईंलाई अफिसमा कुनै समस्या छ भने चामलको खीर बनाएर कागहरूलाई खुवाउनुस् । केही दिनमै समस्या समाधान हुन्छ ।पैसा कमाउन नसकेर तनावमा हुनुहुन्छ भने आधा किलो चामल लिएर एकान्तमा शिवलिंगको अगाडि बस्नुस् ।

शिवलिंगको पूजा गरेर एक मुट्ठी लिंगमा चढाउनुस् र बाँकी चामल चाहिँ गरीबगुरुवालाई दान दिनुस् । पूर्णिमापछिको सोमवार यसो गर्नुस् । पाँच सोमवार यसो गर्नुभयो भने तपाईं पैसा कमाउन थाल्नुहुनेछ । पितृदोषका कारण हामीले अनेकथरी समस्या भोग्नुपर्ने हुन्छ । पितृदोष दूर गर्नका लागि चामलको खीर बनाएर कागलाई खुवाउनुस् । यसो गर्दा पितृहरूको आशिष लाग्छ र बन्द भएका सबै काम सुचारु हुन थाल्छन् ।

के तपाईं शनिबार जन्मिनुभएको हो ? हो भने यो अवश्य पढ्नुस्थुप्रै मानिसको विश्वास छ कि, जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ ।

यसका साथसाथै, दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ ।त्यसकारण त आजकालका मानिस आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरलाई आग्रह गर्ने गर्दछन् । भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले शनिबार जन्मेका व्यक्तिको निम्नलिखित गुण बताएकी छन् :

शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुन्छन् । तपाईं निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डको हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाईं हरेक कुरामा परफेक्ट हुनुहुन्छ । तपाईं हाई क्लास वस्तु मन पराउनुहुन्छ । र, तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ । तपाईं हुन त सफा मनको हुनुहुन्छ तर कहिलेकाहीं स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्छ । तपाईंका लागि कुनै पनि सम्बन्ध निकै महत्त्वपूर्ण हुने गर्छ । र, साथीहरुका लागि जे पनि गर्न तयार हुनुहुन्छ

तपाईं पैसावाला हुनुहुन्छ तर तपाईं छिट्टै पैसा खर्च गर्नुहुन्न । तपाईंलाई संगीत र खेलमा रुचि हुन्छ । तपाईंलाई रिस उठेपछि नराम्रोसँग उठ्छ भने गलत कुरालाई सहन सक्नुहुन्न । तपाईं जिद्दी हुनुहुन्छ र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने विचार राख्नुहुन्छ । तपाईं कसैलाई पनि ठेस पुर्याउन चाहनुहुन्न तपाईंको वैवाहिक जीवन सुखमय हुन्छ । किनभने, तपाईं आफ्नो पार्टनरलाई निकै केयर गर्नुहुन्छ