चौथो सुर्यनगर गोल्डकपको सम्पुर्ण तयारी पुरा

प्रकाशित मिति:

नवलपरासी /नवलपरासीको बर्दघाट १६ स्थित सुर्यनगरमा चौथो सुर्यनगर गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको विहिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । प्रजातन्त्र दिवसको अवसर पारि नव युवा क्लब बर्दघाट १६ सुर्यनगरको आयोजनामा यही माघ २५ गतेदेखी फाल्गुन ७ गतेसम्म सञ्चालन हुने चौथो सुर्यनगर गोल्डकप फुटबल प्रतियोगिताको जानकारी गराउने उदेश्यले खैल मैदानमै पत्रकार सम्मेलन गरिएको हो ।

क्लबका अध्यक्ष कृष्ण प्रसाद सापकोटाको अध्यक्षता तथा बर्दघाट नगरपलिका वडा नम्बर १६ का वडाध्यक्ष सुक बहादुर गुरुंङको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा प्रमुख अतिथि गुरुङले आफु वडा नम्बर १६ को रंगशालालार्य नमुना रंगशाला बनाउने उदेश्यका साथ खैल मैदानमा केही प्याराफिट निर्माणका लागी लागि परेको बताउनुभयो ।सो सम्मेलनमा खेल समयोजक भिमकाजी गूरुङले चौथो सुर्यनगर गोल्डकपको सम्पुर्ण तयारी परा भएको जानकारी गराउदै खेलमा राष्ट्रिय ए डिभिजनका खेलाडीहरु सहित विग्रेड क्लब काठमाण्डौ लगाएत खप्तड गोल्डकप गराउने सुदुर पश्चिम ११ सहित १२ टिमको सहभागिता रहने खेलमा करिब १२ सय दर्शक अट्न सक्ने गरि अस्थायी प्यारफिट निर्माण गरिएको र स्थानिय तहबाट नय खेलाडी उत्पादन गरि जिल्ला लिग हुदै राष्ट्रिय लिगसम्म पुर्याउने लक्ष्यका साथ खेल आयोजना गरिएको र सो को लागी करिब २० लाख खर्च हुने अनुमान गरिएको बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष सापकोटाले सुर्य नगर गोल्डकप प्रतियोगितामा प्रथम पुरुस्कार नगद रु २ लाख २२ हजार २ सय २२ र द्धितिय पुरुस्कार रु १ लाख ११ हजार १ सय ११ नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिने बताउदै सापकोटाले यस प्रतियोगितामा ब्वस्था गरिएको राशि पश्चिम नवलपरासी मै सर्वाधिक पुरुस्कार राशि रहेको बताउनुभयो ।

सो प्रतियोगिता एक कार्यक्रमका बीच २५ गते शुक्रबार प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले समुद्घाटन गर्नुहुने कार्यक्रम तय भएको अयोजकले जानकारी दिएको छ । प्रतियोगिताको समापनको पुर्व संध्या फाल्गुन ६ गते एक दिवसिय निशुल्क आखाँ शिविरको समेत ब्यवस्था गरिएको समेत जानकारी गराइएको छ । सो अवसरमा क्ल्बका सस्थापक अध्यक्ष ईन्द्र गुरुङ, स्थानिय समाजसेवी, बुद्धिजिवी, खेलप्रेमी, विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मी, क्लबका पुर्व पादधिकारी लगाएतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन क्लबका सदस्य विजय गुरुङले गर्नुभएको थियो ।