नेकपाका ६ प्रदेशसभा सदस्यले घरभाडा नलिने

प्रकाशित मिति:

रुपन्देही / रुपन्देहीमा घर भएका ६ जना नेकपाका प्रदेश सभा सदस्यले घरभाडा नलिने भएका छन् ।नेकपा प्रमुख सचेतक भुमिश्वर ढकाल, सचेतक दधिराम न्यौपाने, सांसदहरु डाक्टर कृष्ण न्यौपाने, भोजप्रसाद श्रेष्ठ र कमला बिक ले घरभाडा नलिने घोषणा गर्नुभएको हो ।

प्रदेश सभाले प्रति सांसद प्रतिमहिना १५ हजार घरभाडा दिँदै आएको छ । यसअघि लिएको घरभाडा फिर्ता गर्ने घोषणा नगरेका ती प्रदेशसभाका सदस्यहरुले अब भने घरभाडा नलिने भन्दै प्रदेश सभा सचिवालयमा हस्ताक्षर गरेका छन् ।प्रदेश राजधानी रहेको रुपन्देहीमा घर हुने सांसदहरुलाई घरभाडा नलिन नेकपा संसदीय दलले आग्रह गरेको थियो । रुपन्देहीमै घर हुने कांग्रेस र संघीय समाजवादी फोरमका सांसदहरुले भने घरभाडाका विषयमा निर्णय गरेका छैनन् ।

तर उनीहरुलाई पनि घरभाडा नलिन दवाव भने आइरहेको एकजना प्रदेश सभा सदस्यले बताए । ८७ सदस्यीय प्रदेश सभामा १ जना मन्त्रीसहित १८ जना सांसदहरुले प्रतिनिधित्व गर्दै आएका छन् ।