बस दुर्घटनामा १ जनाको ज्यान गयो १३ घाइते

२४ माघ २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
115 Shares


दाङ / दाङको मुसोटमा बिहीबार बेलुकी भएको बस दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने प्रदेश साम्सद उत्तरकुमार वलीसहित एक दर्जन बढी घाइते भएका छन् ।दाङको घोराही(लमही सडक खण्डमा अहिले बेलुकी भएको बस दुर्घटनामा ज्यान गुमाएकी महिला २ रुकुमकी २६ वर्षीया रमिता शर्मा रहेको दाङ प्रहरी प्रमुख एसपी बेल बहादुर पाण्डेले जानकारी दिनुभयो ।

दुर्घटनामा प्रदेश नम्बर पाँचका प्रदेश सांसद उत्तर कुमार वलीसहित अन्य १३ जना घाइते भएका छन् । सांसद उत्तर कुमार वलीको अवस्था नाजुक रहेको छ । दुर्घटनामा गम्भीर घाइते भएका प्रदेश सांसद वलीलाई काठमाण्डौ लेजाने तयारीसहित नेपालगञ्ज रिफर गरिएको छ ।दाङको तुलसीपुरबाट बिरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ५५ २९ नम्बरको बस र लमहीबाट घोराहीतर्फ जाँदै गरेको बा १८ च ६८३६ नम्बरको जीप घोराही उपमहानगरपालिका वडा नम्बर ३ अन्र्तगत पर्ने मुसोटको चिसापानी नजिक बेलुकी एक आपसमा ठोक्कएर दुर्घटना भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मर्चवारीमा समाजवादीको गाउंपालिका समिति गठन
  • पश्चिम सरावल १ मा दोस्रो वडाध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता…
  • श्रीमद् भागवत पितृमोक्ष धनधन्याञ्चल सप्ताह ज्ञान महायज्ञ तेस्रो दिन पनि…
  • साना किसान कृषि सहकारी सस्थां लिमिटेडको १७औ साधारण सभा सम्पन्न
  • बर्दघाटमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • आदिकवि भानुभक्त आचार्यको स्मृतिमा बन्यो – ‘रामायण भवन’
  • धनुषा बम विस्फोटमा परी मृत्यु भएका इन्स्पेक्टर दाहालको आर्यघाटमा अन्त्येष्टि
  • सहकारीको ३० प्रतिशत लगानी कृषिमा अनिवार्य गरिंदै
  • विवाह भोजको खर्च धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने नव दम्पती
  • चक्कु प्रहार गरी तिलोत्तमा निवासी परीयारको हत्या