कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

प्रकाशित मिति:

बारा / बारामा बिहीबार एउटा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।कलैया उपमहानगरपालिका १६ उत्तरझिटकैयामा भएको दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।कलैयाबाट पिलुवातर्फ जाँदै गरेको बा १९ च ३७२९ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ना ५० प १०८० नम्बरको मोटरसाइकललाई बिहान साढे एघार बजे ठक्कर दिँदा जीतपुर सिमरा उपमहानगरपालिका १८ बडहर्वाका ३० वर्षीय संजिव ढकालको उपचारको क्रममा कलैया अस्पतालमा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा रहेका कलैया उपमहानगरपालिका २४ का २४ वर्षीय रंजित पटेल गम्भिर घाइते भएका छन् । उनको कलैयामा उपचार हुन नसकेपछि वीरगञ्जमा रहेको हेल्थकेयरमा पठाइएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक रंजितसिंह राठौरले बताउनु भयो ।ठक्कर दिने कारका चालक फरार रहेको प्रहरीले जनाएको छ । दुवै सवारी प्रहरी नियन्त्रणमा रहेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।