सबैभन्दा चिसो सहर

प्रकाशित मिति:

संसारमा ठाँउ अनुसार कतै धेरै गर्मि त कतै अत्यधिक चिसो हुन्छ । के तपाईलाई थाहा छ विश्वमा सबैभन्दा चिसो सहर पनि छ, जहाँ वर्षको नौ महिनासम्म हिउँ जम्छ ।

सबैभन्दा चिसो सहर को साइबेरियास्थित नोरिल्स्क नामको एउटा सहर छ । जुन विश्वकै सबैभन्दा चिसो सहर हो । ठण्डी याममा उक्त सहरको न्यूनतम तापक्रम माइनस ६१ डिग्री सेल्सियस सम्म झर्दछ । जबकी त्यहाँको वार्षिक औषत तापक्रम माइनस १० डिग्री सेल्सियस हुने गर्दछ । जहाँवर्षको ९ महिना हिउँ जमिरहन्छ । नोरिल्सकमा डिसेम्बर देखि जनवरी सम्म सूर्यको किरण पनि देखिँदैन ।

सूर्य नै नदेखिने हुनाले दुई महिनासम्म त्यहाँ अँध्यारो छाउँदछ । रोचक त के छ भने यो सहर रुसको सबैभन्दा धनी सहर हो । जहाँ विश्वकै ठूलो प्लाटिनम, पेल्लेडियम र निकेल धातुको भण्डार छ । यतिमात्र होइन यो सहर विश्वको सबैभन्दा प्रदुषित सहर पनि हो । किनकी यहाँ ठूलो परिमाणमा खानी तथा प्रशोधनको काम हुन्छ । जसबाट ठूलो मात्रामा सल्फर डाइअक्साइड ग्यास निस्किने गर्दछ ।