रणवीर सिंहको ‘भ्यालेन्टाइन डे’को विशेष योजना

प्रकाशित मिति:

अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्ट आफ्ना आगामी फिल्म ‘गल्ली ब्बई’को प्रचार प्रसारमा जुटेका छन् । यो फिल्म १४ फेब्रुअरी, अर्थात ‘भ्यालेन्टाइन डे’को दिनबाट दर्शकमाझ रिलिजमा आउँदैछ । रणवीर र आलिया आफ्नो फिल्मको लागि जति उत्साहित छन्, उत्तिकै ‘भ्यालेनटाइन डे’ को पनि । यसका लागि उनीहरुले विषेश योजना बनाएका छन् रणवीर सिंहको लागि भ्यलोन्टाइन डे विशेष हुने भएको छ, किनभने रणवीर र दीपिकाको विहेपछिको यो पहिलो भ्यालेन्टाइन डे हो ।

अर्कोतर्फ आलिया भट्ट र रणवीर कपूरको आकर्षक जोडीको लागि पनि विशेष हुनेछ । फिल्म प्रोमोशनको क्रममा अभिनेत्री आलियाले एक न्युज च्यानलसँग कुराकानी गर्दै यो वर्षको भ्यालेन्टाइन डे को लागि खासै योजना बनाएकी छैनन् । उनी फिल्म ब्रम्हास्त्रको सुटिङमा व्यस्त छन् ।

दीपिकाको लागि योजना ‘मुवी डेट’

भ्यालेन्टाइन डे को योजनाको बारेमा रणवीर सिंहले बताए अनुसार उनी निकै उत्साहित छन्, किनभने उनले सो दिन आफ्नो श्रीमती दीपिकालाई ‘गल्ली ब्बई देखाउन लादैछन् ।